पत्रकार महासंघ निर्वाचन : मत गणना सकियो, औपचारिक घोषणा हुन बाँकी « Khabarhub

पत्रकार महासंघ निर्वाचन : मत गणना सकियो, औपचारिक घोषणा हुन बाँकी

विपुल पोखरेल प्यानलको जित निश्चित, प्रेस युनियनले थाल्यो विजयोत्सव


२८ चैत्र २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल पत्रकार महासंघको नयाँ नेतृत्वका लागि भएको निर्वाचनको मतगणना सकिएको छ ।

मतगणना सकिएपनि औपचारिक घोषणा हुन बाँकी छ । मत परिणाम अनुसार निर्वाचनमा विपुल पोखरेलको प्यानलको जित निश्चित भएको छ ।

पहिलोपटक प्रत्यक्ष प्रणालीबाट भएको निर्वाचनमा प्रेस युनियनले सिंगै प्यानलमा जित हासिल गरेको हो । अध्यक्षमा विपुल पोखरेलले प्रतिद्वन्द्वी निर्मला शर्मालाई दुई हजारभन्दा बढी भोटले पछि पारेका छन् ।

विपुलको जित निश्चित भएसँगै प्रेस युनियनले उनलाई खादा र माला लगाइदिएर विजयोत्सव मनाइरहेको छ । मत परिणामको औपचारिक घोषणा ५ बजेपछि गर्ने कार्यक्रम छ ।

पछिल्लो परिणामअनुसार प्रेस युनियन प्रेस संगठन तथा माधव नेपाल निकट प्रेस चौतारीसहित ११ संगठन सबै पदमा अगाडि छन् ।

पछिल्लो मत परिणाम अनुसार,पोख्रेल नेतृत्वको समूहले ५ हजार ३ सय मत र निर्मला शर्मा नेतृत्वको समूहले ३ हजार मत ल्याएको छ । गजेन्द्र बुढाथोकीले १७६ मत प्राप्त गरेका छन् ।

प्रकाशित मिति : २८ चैत्र २०७७, शनिबार  ३ : ०० बजे

सडक सुरक्षाप्रति लापरबाहीले दुर्घटना बढ्दो

सिरहा – सडक सुरक्षाप्रति पर्याप्त ध्यान नदिँदा सिरहामा सवारीसाधन दुर्घटना

विद्यमान राजनीतिक समस्या समाधान गर्न निर्वाचनको विकल्प छैन : प्रचण्ड

काठमाडौं–  नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकमा विद्यमान

दोलखामा १३ सय ५० जना निर्वाचन प्रहरी माग, ९ सय मात्रैले दिए आवेदन

दोलखा- आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको लागि निर्वाचन

रविमाथिको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध राष्ट्रिय युवा संघको प्रदर्शन (तस्बिरहरू) 

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध दायर संगठित अपराध