उपत्यकाव्यापी धिमेबाजा प्रतियोगिता शुरु « Khabarhub

उपत्यकाव्यापी धिमेबाजा प्रतियोगिता शुरु


२८ चैत्र २०७७, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – मध्यपुरथिमि नगरपालिकामा उपत्यकाव्यापी धिमे बाजा प्रतियोगिता शुरु भएको छ । ओेस्ला नेपालको आयोजना तथा मध्यपुरथिमि नगरपालिकाको सहयोगमा मध्यपुरथिमिको बालकुमारीमा भएको प्रतियोगिताको आज मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले उद्घाटन गरे ।

कार्यक्रममा उनले मध्यपुरथिमि नगरपालिकाले धिमे बाजा, मुस्या बाजा, बाँसुरी बाजालगायत ऐतिहासिक जात्रा पर्वका लागि अत्यावश्यक बाजाको संरक्षणमा नगरपालिकाले टेवा पुर्‍याउँदै आएको बताए ।

मूर्त तथा अमूर्त कला, संस्कृतिको संरक्षण एवं विकासमा मध्यपुरथिमि नगरपालिकाले पहिलो प्राथमिकतामा राखेर काम गर्दै आएको चर्चा गर्दै उनले नयाँपुस्तालाई पनि कला, संस्कृति तथा बाजाको संरक्षणमा सहभागी गराउनुपर्नेमा जोड दिए ।

मध्यपुरथिमि नगरपालिकाले आफू आएपछि २५ वटा ऐतिहासिक पोखरीको संरक्षण गरेको, बिस्केट जात्राका लागि पोखरीमा पानी भरेको, मठ, मन्दिर पाटीलगायत पुनःनिर्माण एवं संरक्षण गरिएको बताए । कला, संस्कृतिको संरक्षणमा मध्यपुरथिमि अगाडि रहेको चर्चा गर्दै उनले फोहर फाल्ने पाखो र ठाउँमा पार्कलगायत आकर्षक ठाउँ बनाउन सफल भएको भनाइ राखे ।

नेवार समुदायको कला, संस्कृतिको महत्व बोकेको बिस्काः जात्रालाई प्रशासनले रोक्ने दुस्प्रयास गरेको भन्दै उनले आक्रोश व्यक्त गरे । “नेवार समुदायको कला, संस्कृति र पहिचान बोकेको वर्षौँदेखि चल्दै आएको बिस्केट जात्रा रोक्न दुष्प्रयास सिडिओले गरेका छन्, जात्रा रोक्न कर्फ्यु लगाउने तयारीसमेत गरियो भन्ने सुनेको छु, हाम्रो जात्रा रोक्ने प्रयास भए त्यसको प्रतिवाद गरिन्छ”, नगरप्रमुख श्रेष्ठले भने, “कर्फ्यु लगाए प्रतिवादमा अगाडि म आउँने छु, ढुक्क भएर भव्यरुपमा जात्रा मनाउनुस् ।”

मध्यपुरथिमि नगरपालिकाको रू दुई लाख ५० हजार आर्थिक सहयोगमा कूल रू चार लाखको लागतमा शुरु भएको प्रतियोगिता ३१ वटा खलः पुचःको सहभागिता रहेको आयोजक ओस्ला नेपालका अध्यक्ष राजेश श्रेष्ठले जानकारी दिए ।

प्रतियोगितामा प्रथम हुनेलाई रु १५ हजार, दोस्रो हुनेलाई रु १० हजार र तेस्रो हुनेलाई रु पाँच हजार नगद पुरस्कारसहित शिल्ड, पदक, प्रमाणपत्र प्रदान गरिने भएको छ । – रासस

प्रकाशित मिति : २८ चैत्र २०७७, शनिबार  ९ : १५ बजे

रास्वपा महिला सांसदको एउटै आवाज- खगेन्द्र सुनारलाई बहिष्कार गर्छौ 

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महिला सांसदहरूले सांसद

चाडपर्वको मुखमा यात्रुलाई दुःख दिने र चालकसँग पैसा माग्ने तीनजना पक्राउ

काठमाडौं– सार्वजनिक यातायातका यात्रुलाई दुःख हैरानी दिने र यातायात कम्पनीमा

चन्द्रपुरमा बसको ठक्करबाट दुई वर्षीया बालिकाको मृत्यु

रौतहट– चन्द्रपुर नगरपालिका–८ मोतीपुरस्थित भित्री सडकखण्डमा स्कुलबसको ठक्करबाट आज एक

४७ थरीका औषधिको आयात र नयाँ उत्पादनमा रोक

काठमाडौं– औषधि व्यवस्था विभागले अन्तर्राष्ट्रिय मापदण्ड पूरा नगरेका ४७ थरीका

बेलायत भ्रमण सकेर स्वदेश फर्किए प्रधानसेनापति सिग्देल

काठमाडौं – प्रधानसेनापति अशोकराज सिग्देल बेलायतको औपचारिक भ्रमण सम्पन्न गरी