देशको लोकतन्त्र खतरामा छ : पूर्वराष्ट्रपति डा यादव « Khabarhub

देशको लोकतन्त्र खतरामा छ : पूर्वराष्ट्रपति डा यादव


२८ चैत्र २०७७, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नवलपुर – गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा रामवरण यादवले मुलुकको लोकतन्त्र खतरामा रहेको बताएका छन् । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोटका तिलकप्रसाद सापकोटाले लेखेको ‘यात्रा निरन्तर’ पुस्तकको शनिबार विमोचन गर्दै यादवले लोकतन्त्र रक्षाका लागि सरकारको नेतृत्व नेपाली कांग्रेसले गर्नुपर्ने बताए ।

संविधान जारी गर्दा र माओवादीलाई शान्ति प्रक्रियामा ल्याउँदा कांग्रेसले नेतृत्वदायी भूमिका खेलेको भन्दै डा यादवले लोकतन्त्रको रक्षाका लागि पनि अब कांग्रेसले नेतृत्व गर्नुपर्ने बताए । “नेपालमा लोकतन्त्रको नागरिक जग बलियो छ”, यादवले भने, “नेपालमा नगारिक सचेत छन्, हरेक राजनीतिक परिवर्तनमा जनताले साथ दिएका छन् ।” राजनीतिक परिवर्तनका क्रममा विश्वभर छरिएर रहेका नेपालीहरुले साथ दिएको भन्दै यादवले अबको पद्दति कसरी बलियो बनाउने भन्नेमा लाग्नुपर्ने बताए ।

संविधान जारी गर्ने क्रममा आफूले देशभित्रको समस्या समाधान गरेर जाऊँ भन्दा कांग्रेसले नै आफूलाई छाडेको डा यादवको भनाइ छ । “संविधान जारी गर्दा तराई–मधेसको समस्या समाधान गरौँ देशमा शान्ति आउँछ भनेको थिएँ”, यादवले भने, “तर त्यो बेलामा कांग्रेसले नै मलाई एक्लै बनायो ।” संविधान र देशलाई केन्द्रविन्दुमा राखेर शान्ति स्थापना गर्न सकिने उनको भनाइ थियो । सामाजिक व्यक्तित्व तिलकप्रसाद सापकोटाले ‘यात्रा निरन्तर’ मार्फत विगतमा भएका राजनीतिक घटनाक्रमका बारेमा यथार्थ चित्रण गर्नुभएको भन्दै डा यादवले यसबाट वर्तमान युवापुस्ताले पाठ सिक्न सक्ने बताए ।

जीवनवृत्तान्तमा आधारित कृति लोकार्पणका क्रममा नेपाली कांग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले यस क्षेत्रमा आफूले लगातार तीनपटकसम्म निर्वाचन जित्नुमा लेखक सापकोटाको ठूलो श्रेय रहेको बताए । सापकोटाले टिकट नपाउनु दुर्भाग्य रहेको भन्दै कोइरालाले आफू आएको कारण पनि त्यसो हुन गएको बताए ।

सोही कार्यक्रममा कांग्रेसका केन्द्रीय सदस्य एवं सांसद गगनकुमार थापाले वर्तमान सरकारले विधिको शासन, जवाफदेही राजनीति र लोकतान्त्रिक चरित्र प्रदर्शन गर्न नसकेको बरु उल्टो दिशातर्फ हिँडेको आरोप लगाए । कोरोनाका कारण राज्य शिथिल बनेको अवस्थामा यसबाट प्रभावित जनशक्तिका लागि राहतको कार्यक्रम ल्याउन नसकेको गुनासो गरे ।

सो कार्यक्रममा पूर्वराष्ट्रपति यादवले लेखक सापकोटासँगै विसं २०१७ मा जेल जीवन बिताएका गोविन्द कँडेल र टेकनारायण श्रेष्ठलाई सम्मान तथा स्व सूर्यभक्त अधिकारीलाई मरणोपरान्त सम्मान गरे ।

सापकोटाले विसं २०४० देखि २०७६ माघसम्म आफैँले भोगेका र लेखेका दैनिक घटनाक्रमलाई पुस्तकमा उतारेका छन् । लोकतन्त्र प्राप्तिका लागि सङ्घर्षको समय–डायरीमा सामाजिक तथा राजनीतिक पृष्ठभूमिबारे उल्लेख गरेका छन् । पाँच सय आठ पृष्ठको सो पुस्तक साङ्ग्रिला बुक्स र विजय फाउण्डेसनले प्रकाशनमा ल्याएका हुन् ।

प्रकाशित मिति : २८ चैत्र २०७७, शनिबार  ७ : ५६ बजे

ग्लोबल आइएमई बैंकले दोस्रो संस्करणको ह्याकाथन आयोजना गर्ने, प्रतियोगिताको लागि आवेदन खुल्ला

काठमाडौं– ग्लोबल आइएमई बैंक लिमिटेडले प्रविधिको प्रवर्द्धन तथा नवप्रवर्तनलाई प्रोत्साहन

खेल क्षेत्रमा चुनौती-अवसर दुवै छ, काम गरेर देखाउनुपर्छ : मन्त्री पोखरेल

काठमाडौं– युवा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले खेलकुदप्रति युवालाई आकर्षित गर्नुपर्नेमा

प्रधानमन्त्रीको अफिसियल फोटोमा पनि कालो चस्मा

काठमाडौं– प्रधानमन्त्री बालेन्द्र शाहको अफिसियल्ली फोटो सार्वजनिक गरिएको छ ।

मध्य इरानमा सैन्य स्थलमा आक्रमण

तेहरान– मध्य इरानको इस्फहान प्रान्तमा केही सैन्य स्थलमा आक्रमण हुँदा

प्रधानमन्त्री कप : नेपाल पुलिस क्लब ६ विकेटले विजयी

वीरगञ्ज– प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गतको आजको खेलमा नेपाल