ओलीको कारण लोकतन्त्र नै धरापमा पर्‍यो : शेखर कोइराला « Khabarhub

ओलीको कारण लोकतन्त्र नै धरापमा पर्‍यो : शेखर कोइराला


२८ चैत्र २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोखरा – नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले प्रधानमन्त्री केपी शर्मा ओलीका कारण देश बर्बादीतर्फ अघि बढेको बताएका छन् ।

पूर्व प्रधानमन्त्री स्वर्गीय गिरिजाप्रसाद कोइरालाको ११ औं स्मृति दिवसको अवसरमा शनिबार पोखरामा आयोजित फोटो प्रदर्शनी एवं विचार गोष्ठीमा नेता कोइरालाले वर्तमान सरकार निरंकुशता र आधिनायकवादतर्फ अघि बढ्दै गएकोमा चिन्ता व्यक्त गरेका हुन् । उनले भने, ‘प्रधानमन्त्री ओलीले आफूलाई केन्द्रमा राखेर देश चलाउँदा लोकतन्त्र नै धरापमा पर्‍यो ।’

गिरिजाप्रसाद कोइराला फाउन्डेसन कास्कीको आयोजनामा भएको गोष्ठीमा नेता कोइरालाले देश र जनताको हितमा मिलिजुली सरकार छिटो भन्दा छिटो बनाउन आवश्यक भएको बताए । अविश्वासको प्रस्ताव दर्ता गर्न ढिलो भइसकेको धारणा राख्दै सभामुखले बिजनेस नदिएको आरोपसमेत लगाए ।

नेता कोइरालाले आगामी मंसिर तथा चैत महिनामा देशलाई निकास दिन निर्वाचनको विकल्प नरहेको स्पष्ट पारे । नेता कोइरालाले पार्टी नेतृत्व नबोल्नु दुःखद भएको टिप्पणी गर्दै राष्ट्रियता र प्रजातन्त्र कमजोर बनाउने छुट कांग्रेसलाई नभएको बताए ।

पार्टीको महाधिवेशन कात्तिक ७ मै गराउन कार्यकर्ता जुमुर्राउने समय आएको उनको भनाइ थियो । पार्टी नेतृत्वप्रति समय खर्चेका कोइरालाले घुमाउरो पारामा आफू सभापतिको दावेदार भएको उल्लेख गरे ।

प्रकाशित मिति : २८ चैत्र २०७७, शनिबार  १० : ४५ बजे

म मोज्तबा खामेनीको मृत्यु चाहन्नँ : ट्रम्प

काठमाडौँ- अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता मोज्तबा खामेनीको

वर्षाका कारण दाङका ३० इँटा उद्योगमा क्षति

दाङ – गत शनिबारको वर्षाका कारण यहाँका ३० वटा इँटा

तिनाउमा डुबेर बेपत्ता भएका दुई भारतीय युवकको शव फेला

पाल्पा- तिनाउ खोलामा डुबेर बेपत्ता भएका दुई जना भारतीय युवकको

चुनावी समीक्षा प्रतिवेदन पठाउन तल्लो कमिटीलाई एमालेको निर्देशन

काठमाडौं- नेकपा एमालेले प्रतिनिधिसभा निर्वाचनको समीक्षा प्रतिवेदन पठाउन तल्ला कमिटीलाई

मीन विश्वकर्माले यसरी गरेर बदलिएको कांग्रेस र रास्वपाको तुलना

काठमाडौँ– नेपाली कांग्रेसका नेता मीनबहादुर विश्वकर्माले फागुन २१ को निर्वाचनबाट