ओलीको कारण लोकतन्त्र नै धरापमा पर्‍यो : शेखर कोइराला | Khabarhub Khabarhub

ओलीको कारण लोकतन्त्र नै धरापमा पर्‍यो : शेखर कोइराला


२८ चैत्र २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोखरा – नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले प्रधानमन्त्री केपी शर्मा ओलीका कारण देश बर्बादीतर्फ अघि बढेको बताएका छन् ।

पूर्व प्रधानमन्त्री स्वर्गीय गिरिजाप्रसाद कोइरालाको ११ औं स्मृति दिवसको अवसरमा शनिबार पोखरामा आयोजित फोटो प्रदर्शनी एवं विचार गोष्ठीमा नेता कोइरालाले वर्तमान सरकार निरंकुशता र आधिनायकवादतर्फ अघि बढ्दै गएकोमा चिन्ता व्यक्त गरेका हुन् । उनले भने, ‘प्रधानमन्त्री ओलीले आफूलाई केन्द्रमा राखेर देश चलाउँदा लोकतन्त्र नै धरापमा पर्‍यो ।’

गिरिजाप्रसाद कोइराला फाउन्डेसन कास्कीको आयोजनामा भएको गोष्ठीमा नेता कोइरालाले देश र जनताको हितमा मिलिजुली सरकार छिटो भन्दा छिटो बनाउन आवश्यक भएको बताए । अविश्वासको प्रस्ताव दर्ता गर्न ढिलो भइसकेको धारणा राख्दै सभामुखले बिजनेस नदिएको आरोपसमेत लगाए ।

नेता कोइरालाले आगामी मंसिर तथा चैत महिनामा देशलाई निकास दिन निर्वाचनको विकल्प नरहेको स्पष्ट पारे । नेता कोइरालाले पार्टी नेतृत्व नबोल्नु दुःखद भएको टिप्पणी गर्दै राष्ट्रियता र प्रजातन्त्र कमजोर बनाउने छुट कांग्रेसलाई नभएको बताए ।

पार्टीको महाधिवेशन कात्तिक ७ मै गराउन कार्यकर्ता जुमुर्राउने समय आएको उनको भनाइ थियो । पार्टी नेतृत्वप्रति समय खर्चेका कोइरालाले घुमाउरो पारामा आफू सभापतिको दावेदार भएको उल्लेख गरे ।

प्रकाशित मिति : २८ चैत्र २०७७, शनिबार  १० : ४५ बजे

क्रिकेट खेलमैदान आसपास क्षेत्रमा भिडभाड नगर्न प्रहरीको आग्रह

काठमाडौं– नेपाल प्रहरीले त्रिभुवन विश्वविद्यालयस्थित क्रिकेट खेलमैदान आसपास क्षेत्रमा अनावश्यक

४ महिनामा सरकारको अवस्था : आम्दानीभन्दा १ खर्ब ३५ अर्ब बढी खर्च

काठमाडौं– चालु आर्थिक वर्ष (आव)को ४ महिनामा सरकारले एक आम्दानीभन्दा

शेख हसिनाविरुद्ध फैसला आउनुअघि बङ्गलादेशमा सुरक्षा व्यवस्था कडा

ढाका- बङ्गलादेशको अन्तरिम सरकारले अपदस्थ प्रधानमन्त्री शेख हसिना विरुद्ध मानवताविरुद्धको

राष्ट्रिय कर दिवसमा उत्कृष्ट करदाता सम्मानित

काठमाडौं– राष्ट्रिय कर दिवस–२०८२ को अवसरमा उत्कृष्ट करदातालाई सम्मानित गरिएको

लिम्बू समुदायले चासोक तङनाम पर्व मनाउँदै 

ताप्लेजुङ– नयाँ उत्पादन भएको अन्नबालीको पूजा गर्न यहाँका लिम्बू समुदायले