विश्वासको मत दिन प्रधानमन्त्री ओलीको आग्रह | Khabarhub Khabarhub

विश्वासको मत दिन प्रधानमन्त्री ओलीको आग्रह

दलीयता नहेर्न सांसदलाई सुझाव


२७ बैशाख २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई विश्वासको मत दिन आग्रह गरेका छन् ।

प्रतिनिधिसभाको जारी बैठकमा विश्वासको मतको प्रस्ताव पेश गर्दै प्रधानमन्त्री ओलीले अहिलेको सरकारले गरेका कामका आधारमा दलीयता नहेरी विश्वासको मत दिन आग्रह गरेका हुन् ।

उनले दलीय संलग्नताका आधारमा नभई सत्यका पक्षमा उभिन आग्रह गरेका हुन् । उनले भने,‘यस सदनको विश्वास ममाथि छ भनेर मेले विश्वासको मत लिन लागेको हो । हामी संलग्नतामा हैन, सार्वभौम जनताको प्रतिनिधित्वि गरेर यहा उभिएका छौं । सार्वभौम जनताको भावनाको प्रतिनिधित्व हामी गर्छौ । यस्तो अवस्थामा हामीले बिचारको आग्रहका साथमा हैन, आफ्ना स्वार्थहरुबाट निर्देशित भएर होइन, कहाँ आवद्धता वा संलग्नता छु भनेर हैन । सत्यलाई पछ्याएर निर्णय गर्नुपर्ने अवस्था छ । यदी हामीले सच्चाईलाई पछ्युाउँछौं भने वर्तमान सरकार कुनै हिसाबले विश्वास गर्न नपर्ने सरकार हैन । राष्ट्रियताको प्रश्नमा मैले धेरै धेरै भन्न पर्दैन ।’

प्रधानमन्त्री ओलीले भौगोलि अखण्डता, शुसासन लगाएतका विषयमा सरकारले गरेको कामलाई हेरेर विश्वासको मत दिन आग्रह गरे । उनले भने,‘एउटा अग्निपरीक्षा हैन, भौगोलिक अखण्डताको रक्षा पहरेदारी गर्ने सन्दर्भमा, राष्ट्रिय हितलाई शिरोपर राखेर व्यवहार गर्ने सन्दर्भमा, वर्तमान सरकार कुनैपनि कसर नराखेको कुरा तर्कभन्दा माथि छ । तस्वीर आफै बोल्छ भनेजस्तो हाम्रा व्यवहार, लिएका अडान र उपलब्धिहरु आफै बोल्छन् ।’

प्रधानमन्त्री ओलीले विपक्षीले आफ्नो हस्ताक्षर समेत किर्ते गरेर भारतीय जाशुशी संस्थाको प्रमुखसँग सम्झौता भएको हल्ला चलाएको समेत आरोप लगाए । उनले भने,‘मेरो र भारतीय जाशुशी संस्थाको प्रमुखका बिचमा अनौपचारिक कपी भनेर प्रचार गरिन्छ । त्यस्तोमा प्रधानमनत्रीको हस्ताक्षर स्क्यान गरेर जोडिन्छ । योसम्मका खेल नेपालमा हुने गरेका छन् । हामीलाई यति सारो किर्ते काममा संलग्न गराउन हुँदैन ।’

प्रधानमन्त्री ओलीले राष्ट्रियता, लोकतन्त्र, जनजीवीका, शान्ति सुव्यवस्था, भ्रष्टाचारविरुद्धको लडाईको सवालमा अहिलेको सरकारले कुनै पनि अनुचित तरिकारले सम्झौता नगर्ने समेत स्पष्ट पारे । उनले भने,‘अहिलेको सरकारले जनताको हितलाई छाडेर तलमाथी गर्दैन र गर्न पनि दिदैन भनेर मैले सदनमा प्रस्तुत गरिसकेको छु ।’

प्रकाशित मिति : २७ बैशाख २०७८, सोमबार  २ : १८ बजे

जाबी रियलका नयाँ प्रशिक्षक, एन्टेलोटी ब्राजिलतिर, हान्सी फ्लिक बार्सिलोनामै रहने

म्याड्रिड- युरोपेली फुटबलमा ठूला क्लबका प्रशिक्षक धमाधम परिवर्तन भइरहेका छन्

रुस–युक्रेन वार्ता : ट्रम्पलाई टर्की भ्रमण गर्न आग्रह

एजेनसी– टर्कीलाई रूस र युक्रेन बीचको वार्ता स्थलका रूपमा प्रस्ताव

पाकिस्तानले आक्रमण गरेको भनिएको पञ्जाबको आदमपुर एयरबेसमा पुगे मोदी

नयाँदिल्ली- पाकिस्तानविरुद्ध भएको ‘अपरेसन सिन्दूर’बारे सोमबार देशवासीलाई सम्बोधन गरेर बताएपछि

हुलाक बचत बैंकको रकम अनियमितता अभियोगमा छ जनाविरुद्ध मुद्दा दायर

काठमाडौं–  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला हुलाक कार्यालय बाराका तत्कालीन

राजविराज औद्योगिक क्षेत्र सञ्चालनको माग

काठमाडौं– सांसद रञ्जुकुमारी झाले राजविराज औद्योगिक क्षेत्र सञ्चालनको माग गरेकी