सरकारविरुद्ध मिथ्या आरोप लगाइयो, इमानको छातीमा हात राखेर बोल्नुहोस् : प्रधानमन्त्री « Khabarhub

सरकारविरुद्ध मिथ्या आरोप लगाइयो, इमानको छातीमा हात राखेर बोल्नुहोस् : प्रधानमन्त्री


२७ बैशाख २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारविरुद्ध मिथ्या आरोप लगाइएको बताएका छन् ।

सोमबार विश्वासको मत लिन आह्वान गरिएको संसद बैठकमा विपक्षी दलका नेताले उठाएका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले स्थिरता र स्थायित्वका लागि आफूले विश्वासको मत लिन चाहेको बताए ।

सरकारविरुद्ध मिथ्या आरोप लगाइएको आरोप लगाउँदै उनले विपक्षी दललाई इमानको छातीमा हात राखेर बोल्न आग्रह गरे ।

प्रधानमन्त्री ओलीले पदबाट राजीनामा दिने अवस्था नरहेको दाबी गरे । उनले भने, ‘म राजीनामा गर्थेँ तर बहुमत छ आफूसँग, कसरी राजीनामा गर्ने ?’  विश्वासको मत नभए सदनले राजीनामा देऊ भनेर आदेश दिए मार्ग प्रशस्त गर्ने उनले बताए ।

सरकारको विरोध गर्ने तर विकल्प नदिने भन्दै आक्रोश पोखे । उनले सरकारको कामलाई लिएर ‘इनफ् इज इनफ्’ भनिएपछि आफूले ‘लौ त इनफ्’ भनेर देखाइदिएको बताए ।

प्रधानमन्त्री ओलीले विकास निर्माणमा आफ्नो सरकारले गति दिएको बताउँदै उद्घाटन गर्न हतार नगरेको तर्क गरे । उनले भने, ‘साथीहरुले धरहराको निर्माण सम्पन्न नभई उद्घाटन गर्‍यो भनेर विरोध गरे, तर धरहरा तयार नभई म कसरी टुप्पोमा पुगेँ ? यसको भ्रममा रहनु भएका सांसदहरूले भोलि गएर हेर्नु होला ।’

प्रकाशित मिति : २७ बैशाख २०७८, सोमबार  ५ : ०४ बजे

मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु, एकजना घाइते

मोरङ– मोरङको लेटाङ नगरपालिका– ९ हात्तीचोकस्थित भित्री सडकखण्डमा मोटरसाइकल दुर्घटना

बाढीपहिरोका कारण विभिन्न राजमार्ग अवरुद्ध

काठमाडौँ– बाढीपहिरोका कारण देशका विभिन्न मुख्य राजमार्ग तथा सडकहरु अवरुद्ध

अर्थमन्त्री वाग्ले अमेरिका प्रस्थान

काठमाडौँ– अर्थमन्त्री डा. स्वर्णिम वाग्ले अमेरिका प्रस्थान गरेका छन्। अर्थमन्त्री

रास्वपा केन्द्रीय समिति बैठक बस्दै, यस्ता छन् एजेण्डा

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक आज बस्दैछ

नवलपरासीमा बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते

नवलपरासी– नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को विनयी त्रिवेणी गाउँपालिका–२ दाउन्नेस्थित एसमोडमा