निषेधाज्ञा कडा बनाउन प्रजिअ नेतृत्वको टोली अनुगमनमा « Khabarhub

निषेधाज्ञा कडा बनाउन प्रजिअ नेतृत्वको टोली अनुगमनमा


२७ बैशाख २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सडकमा गुडेका विनापासका सवारी साधन र जथाभावी खुलेका पसल व्यवसाय रोक्न भक्तपुरका प्रमुख जिल्ला अधिकारीका नेतृत्वमा सुरक्षाकर्मीको टोलीले सडकमा अनुगमन गरेको छ ।

आज भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईको नेतृत्वमा महानगरीय प्रहरी परिसर भक्तपुरकी प्रहरी उपरीक्षक तारादेवी थापा, राष्ट्रिय अनुसन्धान विभाग भक्तपुरका प्रमुख विकास पाण्डे, शसस्त्र प्रहरी गण दुवाकोटका प्रहरी नायब उपरीक्षक लीला कार्कीलगायत जिल्ला सुरक्षा समितिको टोलीले अनुगमन गरेको हो ।

टोलीले सूर्यविनायक चोक, काभ्रे र भक्तपुरको सिमाना रहेको साँगा चोक र काठमाडौं र भक्तपुरको सिमाना रहेको पेप्सीकोलाको मनोहरा पुलमा अनुगमन गरेको थियो ।

अनुगमनको क्रममा निधेषाज्ञा अनुरुप बजार बन्द भएको पाइएको र सडकमा सवारी पास लिएका र अधिकांश सरकारी तथा वित्तीय संस्थाका कर्मचारी, स्वास्थ्यकर्मी, पत्रकार तथा सुरक्षाकर्मीले कार्यालयको परिचय पत्र लिएर सवारी साधन सञ्चालन गरेको पाइएको छ । साँगा नाकामा सवारी पास नभएका र अत्यावश्यक बाहेकका काममा सडकमा सवारी साधन लिएर काठमाडौं प्रवेश गर्न खोज्नेलाई साँगाबाटै फर्काइएको प्रजिअ भट्टराइले जानकारी दिए ।

एक घण्टा साँगा चोकमा बसेको अनुगमन टोलीले आफैले सवारी साधनको जाँच गरेको थियो । नाका र सडकमा खटिएका सुरक्षाकर्मीलाई पास नभएका र अत्यावश्यक कामबाहेक ओहोर दोहोर गर्नेलाई प्रवेश नदिन सुरक्षाकर्मीलाई निर्देशन समेत दिएको छ ।

मनोहरामा भएको अनुगमनमा उपत्यकाका तीनवटा जिल्ला प्रशासनबाट पास लिएर सडकमा आएका तीनवटा मात्रै सवारी साधन भेटिएको र अरु परिचय पत्रका आधारमा आएको पाइएको छ । सडकमा जथाभावी पैदल हिड्न नदिन, सवारी पास नभएका सवारी साधनलाई रोक्न र निषेधाज्ञालाई कडाइका साथ लागू गर्न अनुगमन गरिएको प्रहरी उपरीक्षक थापाले जानकारी दिए ।

निषेधाज्ञालाई थप कडाई गर्न सुरक्षाकर्मीलाई अनुगमन टोलीले निर्देशन दिएको र आगामी दिनमा पछि छड्के अनुगमन जारी राख्ने उनले जानकारी दिए ।

प्रकाशित मिति : २७ बैशाख २०७८, सोमबार  १० : ०१ बजे

पराशर मार्ग तीव्र रूपमा निर्माण गरिँदै

तनहुँ– विश्व बैंकको अनुदान सहयोगमा व्यास नगरपालिकाको गौरवको आयोजनाका रूपमा

चार किलो ३०० ग्राम कोकिनसहित तीन जना पक्राउ

काठमाडौं– प्रहरीले चार किलो ३०० ग्राम अवैध लागूऔषध कोकिनसहित तीन

वैकल्पिक शक्ति बनाउन बालेनको दौडधूप, कुलमानपछि रविसँग बस्दै

काठमाडौं- फागुन २१ को चुनाव नजिकिँदै गर्दा काठमाडौं महानगरपालिकाका मेयर

बेथलेहेमले गाजा युद्धपछि पहिलो पटक क्रिसमस मनाउँदै

बेथलेहेम– गाजामा लामो समयदेखि चलेको युद्धको पीडादायी छायाँबीच दुई वर्षभन्दा

त्रियुगा क्षेत्रमा जंगली हात्ती पस्दा १२ घरमा क्षति

गाईघाट– जिल्लाको त्रियुगा नगरपालिका क्षेत्रमा हात्तीले १२ भन्दा बढी घरमा