१ हजार २०५ कोरोना संक्रमितको आईसीयू र भेन्टिलेटरमा उपचार हुँदै « Khabarhub

१ हजार २०५ कोरोना संक्रमितको आईसीयू र भेन्टिलेटरमा उपचार हुँदै


२७ बैशाख २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ हजार बढी कोरोना संक्रमितको देशका विभिन्न आईसीयू र भेन्टिलेटरमा उपचार भइरहेको छ ।
मन्त्रालयको आइतबारको तथ्यांक अनुसार देशभर हाल ९१० कोरोना संक्रमितको आईसीयूमा र २९५ को भेन्टिलेटरमा गरी कुल १ हजार २०५ जना उपचाररत छन्। मन्त्रालयलेका अनुसार सबैभन्दा बढी बागमती प्रदेशमा रहेका छन् ।

आइतबारसम्मको तथ्यांक अनुसार प्रदेश १ मा ११७ जना आईसीयूमा र १७ भेन्टिलेटरमा उपचाररत छन् । यसैगरी प्रदेश २ मा ६० आईसीयूमा र ३७ जनाको भेन्टिलेटर उपचार भइरहेको छ। यसैगरी बागमती प्रदेशमा ५०२ जनाआईसीयूमा र १९२ जना भेन्टिलेटरमा छन्।

गण्डकी प्रदेशमा ७६ जना आईसीयूमा र ११ जना भेन्टिलेटरमा, लुम्बिनी प्रदेशमा ८६ जना आईसीयूमा र १६ जना भेन्टिलेटरमा, कर्णालीमा ३३ जना आईसीयूमा र ११ जना भेन्टिलेटरमा, सुदूरपश्चिम प्रदेशमा ३६ जना आईसीयू र ११ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति : २७ बैशाख २०७८, सोमबार  १० : ३० बजे

बिलाउनीको झाडी फाँडेर सुन्तला बगान

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका–७ दोवाटाका किसानहरूले बिलाउनीको झाडी फाँडेर सुन्तला

भारतमा ट्याङ्कर दुर्घटना भएर बसमा ठोक्किँदा आगलागी : नौ जनाको मृत्यु

काठमाडौं – भारतको कर्नाटकमा बस र ट्याङ्कर दुर्घटनापछि आगलागी हुँदा

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को