राष्ट्रिय सभा सदस्य उपनिर्वाचनको निर्वाचन अधिकृतमा थापा नियुक्त « Khabarhub

राष्ट्रिय सभा सदस्य उपनिर्वाचनको निर्वाचन अधिकृतमा थापा नियुक्त


२७ बैशाख २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– निर्वाचन आयोगले जेठ १७ गते हुने लुम्बिनी प्रदेशको रिक्त राष्ट्रिय सभा सदस्यको उपनिर्वाचनका लागि निर्वाचन अधिकृत नियुक्त गरेको छ ।

सोमबार बसेको निर्वाचन आयोगको बैठकले जिल्ला अदालत दाङका न्यायाधीश रीतेन्द्र थापालाई निर्वाचन अधिकृतमा नियुक्त गरेको हो ।

मंगलबारबाट लागू हुने गरी निर्वाचन अधिकृत पदमा नियुक्त गरिएको आयोगका प्रवक्ता समेत रहेका सहसचिव राजकुमार श्रेष्ठले विज्ञप्तीमार्फत जानकारी दिएका हुन् ।

बैठकले उनलाई राष्ट्रिय सभा सदस्य निर्वाचन ऐन, २०७५ को दफा ७ बमोजिम न्याय परिषद्को परामर्शमा प्राप्त नामावलीका आधारमा नियुक्त गरेको हो ।

यस्तो छ विज्ञप्ति

प्रकाशित मिति : २७ बैशाख २०७८, सोमबार  ९ : ४५ बजे

बेनिशाको डेब्यू नाटक ‘सेतो धरती’को निर्माता रेखा थापा

काठमाडौं – नायिका बेनिशा हमालको डेब्यू नाटकमा अर्की नायिका रेखा

भारतमा नौ जना प्रहरीलाई मृत्युदण्डको सजाय

नयाँदिल्ली– भारतीय अदालतले कोभिड माहामारीको समयमा हिरासतमा लिएका दुई जनाको

इन्धनमा लाग्दै आएको ५० प्रतिशत कर छुट दिने सरकारको निर्णय

काठमाडौं- सरकारले पेट्रोल, डिजेल र मट्टितेल आयातमा लाग्ने भन्सार महसुल

दादुराविरुद्ध बङ्गलादेशको आपत्कालीन अभियान

ढाका– एक महिनाभित्रै १०० भन्दा बढी बालबालिकाको ज्यान जाने गरी

फाप्ला क्रिकेट मैदान निर्माण हुन्छ : मन्त्री पोखरेल

महेन्द्रनगर– शिक्षा, विज्ञान तथा प्रविधि, युवा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले