‘निफ’मा ‘आमा खान्डो’ उत्कृष्ट, ‘लाटकोसेरो’लाई तीन अवार्ड « Khabarhub

‘निफ’मा ‘आमा खान्डो’ उत्कृष्ट, ‘लाटकोसेरो’लाई तीन अवार्ड


२७ बैशाख २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राजधानीमा आयोजना गरिएको पाँच दिने ‘नेपाल अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल (निफ)’ सोमबार समापन भएको छ ।

फेस्टिभलमा फिचर फिल्मको राष्ट्रिय प्रतिस्पर्धामा डान्डुप छिरिङ निर्देशित ‘आमा खान्डो’ उत्कृष्ट फिल्म घोषित हुँदा निर्देशन तर्फको अवार्ड पनि यही फिल्मले पोल्टामा पार्यो । फिल्मले एक लाख नगद जितेको छ ।

अभिनयतर्फ फिल्म ‘लाटकोसेरो’का अभिनेता नविन शिल्पकार र अभिनेत्री सरिता गिरीले दुवै अवार्ड जिते । यही फिल्मबाट निर्देशक शिरिष गुरुङले छायांकनको अवार्ड जिते ।

‘उत्कृष्ट पटकथा’को अवार्ड ‘सरिता टेल मि हु आइ एम’बाट सर्जियो बासोले चुमे । । अन्तर्राष्ट्रिय प्रतिस्पर्धातर्फ फिचर फिल्मको ‘गौतम बुद्ध अवार्ड’ बात्र्या बसु निर्देशित ‘डिक्स्नेरी’ले जित्यो । फिल्मले १५ सय अमेरिकी डलर पायो ।

सर्ट फिल्म तथा डकुमेन्ट्री प्रतिस्पर्धामा रहेको अन्तर्राष्ट्रिय फिल्म विधामा दक्षिण कोरियाको ‘गड्स डटर डान्सेज’ले ५ सय डलर पुरस्कार राशि रहेको ‘बागमती पुरस्कार’ जित्दा नेपालबाट राजेशप्रसाद खत्री निर्देशित ‘जुलुङ्गो’ उत्कृष्ट ठहरियो । यो फिल्मले पनि ५ सय डलर नै पुरस्कार पाएको छ ।

त्यसैगरी फिनल्यान्डको फिल्म ‘उबरफ्रग’ले एनिमेटेड विधामा ७ सय ५० डलर पुरस्कार राशि रहेको ‘मञ्जुश्री अवार्ड’ जित्यो । वृत्तचित्रतर्फ स्वीजरल्यान्डको ‘रिटर्न टु दि लस्ट इडेन’ले १ हजार डलर पुरस्कार राशिको ‘माउन्ट एभरेस्ट अवार्ड’ पायो ।

महामारी वरपर रहेर निर्माण गरिएको फिल्म ‘सिभिल सोल्जर्स’ले ५ सय डलर राशीको पुरस्कार जित्यो । यो फिल्मका निर्देशक गणेश पाण्डे हुन् ।

प्रकाशित मिति : २७ बैशाख २०७८, सोमबार  ९ : ०० बजे

चिसोबाट दमरोगीलाई कसरी बचाउने ?

श्वासप्रश्वास रोग मानिसको मृत्यु गराउने रोगमध्ये विश्वको चौथो प्रमुख रोगमध्ये

गर्भावस्थामा यी तिन खानेकुरा नखाएकै राम्रो 

काठमाडौं– कफीः कफीमा क्याफिन भन्ने तत्त्व हुन्छ । गर्भवती आमाले कफी

एमालेकै एजेन्डामा कांग्रेस, बहुमत पूर्वसांसदहरूको हस्ताक्षर सर्वोच्चमा बुझाइँदै

काठमाडौं– देशका दुई ठूला दल नेकपा एमाले र नेपाली कांग्रेस

फेरि २६ सय बिन्दुबाट तल झर्यो नेप्से

काठमाडौं– साताको पहिलो नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १९.९२ अंकले घटेको

पञ्चेबाजा बजाउँदै कार्यालयमा रविको स्वागत (तस्बिरहरू)

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने आज पार्टी कार्यालय फर्किने