अन्ततः ओली सरकारको विधिवत् विदाई भयो : डा. भट्टराई « Khabarhub

अन्ततः ओली सरकारको विधिवत् विदाई भयो : डा. भट्टराई


२७ बैशाख २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पूर्व प्रधानमन्त्री एवम् जनता समाजवादी पार्टी (जसपा) संघीय परिषद् डा. बाबुराम भट्टराईले अन्ततः संसदले ओली सरकारलाई विधिवत विदाई गरेको बताएका छन् ।

संसदमा भएको मतदानमा प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत गुमाएपछि ट्वीट गर्दै ओली सरकारको विधिवत विदाई भएको बताएका हुन् ।

उनले प्रधानमन्त्रीका क्रियापकलापलाई निरंकुश प्रवृतिको संज्ञा दिँदै पूर्ण रुपमा ओली प्रवृतिको अन्त्य भइनसकेको टिप्पणी गरेका छन् ।

उनले लेखेका छन्,‘अन्तत:संसदले ओली सरकारलाई विधिवत् विदाई गरेको छ। तर केही समयदेखि हुर्केको निरंकुश ओलीप्रवृत्ति परास्त भैसकेको छैन।’

त्यस्तै उनले राष्ट्रपतिले तुरुन्त नयाँ सरकार गठनका लागि आह्वन गर्न समेत माग गरेका छन् ।

‘देशमा बचेखुचेको लोकतान्त्रिक मूल्यमान्यता कायम गर्ने हो भने राष्ट्रपतिले तुरून्त धारा७६(२)अनुरूप२वा २भन्दा बढी दलको नयाॅसरकार गठन गर्ने आह्वान गरून्!दलहरूले स्वीकारून!’,उनले लेखेका छन् ।

यस्तो छ उनको ट्वीट

प्रकाशित मिति : २७ बैशाख २०७८, सोमबार  ८ : ५० बजे

बेनिशाको डेब्यू नाटक ‘सेतो धरती’को निर्माता रेखा थापा

काठमाडौं – नायिका बेनिशा हमालको डेब्यू नाटकमा अर्की नायिका रेखा

भारतमा नौ जना प्रहरीलाई मृत्युदण्डको सजाय

नयाँदिल्ली– भारतीय अदालतले कोभिड माहामारीको समयमा हिरासतमा लिएका दुई जनाको

इन्धनमा लाग्दै आएको ५० प्रतिशत कर छुट दिने सरकारको निर्णय

काठमाडौं- सरकारले पेट्रोल, डिजेल र मट्टितेल आयातमा लाग्ने भन्सार महसुल

दादुराविरुद्ध बङ्गलादेशको आपत्कालीन अभियान

ढाका– एक महिनाभित्रै १०० भन्दा बढी बालबालिकाको ज्यान जाने गरी

फाप्ला क्रिकेट मैदान निर्माण हुन्छ : मन्त्री पोखरेल

महेन्द्रनगर– शिक्षा, विज्ञान तथा प्रविधि, युवा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले