‘वन्डर वुमन’ अभिनेत्रीमाथि निर्देशकद्वारा दुर्व्यवहार « Khabarhub

‘वन्डर वुमन’ अभिनेत्रीमाथि निर्देशकद्वारा दुर्व्यवहार


२७ बैशाख २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लसएञ्जल्स– हलिउड फिल्म ‘वण्डर वुमन’ अभिनेत्री गल डोटमाथि फिल्म ‘जस्टिस लिग’का निर्देशक जोस ह्वेडनले दुर्व्यवहार गरेको खुलासा भएको छ । सन् २०१७ मा रिलिज सुपरहिरो फिल्म ‘जस्टिस लिग’का निर्देशक जोसले गललाई उनको करियर बिगार्ने धम्की दिएका थिए ।

आजतकका अनुसार गलले आफैं यो कुराको खुलासा गरेकी हुन् । फिल्म ‘जस्टिस लिग’को निर्देशन ज्याक स्नाइडरले गरिरहेका थिए । तर उनको परिवारमा भएको एक दुःखद घटनाका कारण उनले बीचमै फिल्म छोडेका थिए ।

त्यसपछि यो फिल्मलाई पुरा गर्ने जिम्मेवारी जोसको काँधमा आइलाग्यो । फिल्ममा काम गरिरहँदा जोसको सोच र आफू प्रतिको दुर्व्यवहारका कारण गल निरास बनेकी थिइन् ।

‘जस्टिस लिग’को रि–सुटको समयमा गलले जोसको सोचाइमा आपत्ति जनाएर आफ्नो सिन दिन अस्वीकार गरेकी थिइन् । जसको बदलामा जोसले गललाई उनको करियर बर्बाद बनाउने धम्की दिएका थिए । उनले फिल्म ‘वण्डर वुमन’को निर्देशक पेटी जेकिन्सलाई बद्नाम गर्ने धम्की पनि दिएका थिए ।

फिल्म रिलिजको बेला जोसले गलमाथि दुर्व्यवहार गरेको चर्चा चले पनि त्यो समयमा गलले केही बोलेकी थिइनन् । ‘उसले मेरो करियर खराब गर्ने धम्की दिएको थियो । उसले मैले केही गरेमा करियर खराब बनाउने बनेको थियो । त्यसपछि मैले आफैं यो कुरालाई व्यवस्थापन गरें’, उनले भनेकी छन् ।

प्रकाशित मिति : २७ बैशाख २०७८, सोमबार  १० : १५ बजे

एमबीएस परीक्षाको प्रश्नपत्र व्हाट्सएपमा सार्वजनिक गर्ने एक जना पक्राउ

काठमाडौं – त्रिभुवन विश्वविद्यालय (त्रिवि) अन्तर्गत व्यवस्थापन संकायको एमबीएस प्रथम

भारतीय जेलमा रहेका नेपाली किसानको रिहाइका लागि पहल गर्न कांग्रेसको माग

काठमाडौं – नेपाली कांग्रेसले भारतको जेलमा रहेका दुई नेपाली किसानको

भारतले जिम्बाब्वेलाई दियो १९३ रनको लक्ष्य

काठमाडौं – युवा ब्याटर वैभव सूर्यवंशीको उत्कृष्ट ८१ रनको इनिङ्सको

कक्रोच आन्दोलनपछि भारतको राजनीति अब कता मोडिएला ?

काठमाडौं- भारतको राजनीतिमा विगत एक दशकभन्दा लामो समयदेखि प्रधानमन्त्री नरेन्द्र