धोबीखोला करिडोरको बाँकी काम पूरा गर्न आयुक्त ढकालको निर्देशन « Khabarhub

धोबीखोला करिडोरको बाँकी काम पूरा गर्न आयुक्त ढकालको निर्देशन


२७ बैशाख २०७८, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– उपत्यका विकास प्राधिकरणका विकास आयुक्त जानुका ढकालले धोबीखोला करिडोरस्थित विजुलीबजारको आर्क ब्रिज मुनीको ट्रयाक तत्काल व्यवस्थित गर्ने बताएकी छिन् ।

सोमबार बिहान धोबीखोला करिडोरको २४ किलोमिटर लामो बाटो निरीक्षण गर्ने क्रममा बिजुलीबजार पुग्नुभएकी विकास आयुक्त ढकालले बिजुलीबजार पुल मुनीको बाटो तत्काल बनााउन निर्देशन दिएकी हुन् ।

करिव ६ महिना अघि शहरी विकाुमन्त्री कृष्णगोपाल श्रेष्ठले धोबीखोला करिडोर निरीक्षण गर्ने क्रममा बिजुलीबजार पुग्दा बन्द रहेको ट्रयाक तत्काल खोल्न आग्रह गरेका थिए । त्यसको करिब १५ दिनपिछि सो ट्रयाक खुलेको थियो ।

ट्रयाक खुलेपनि खानेपानीको पाईपको कारण व्यवस्थित नभएपछि पुनः समस्या आएको थियो । समस्या सुनुवाई गर्न बिजुलीबजार पुलमुनीको बाटो निरीक्षण गर्न पुगेकी विकास आयुक्त ढकालले सकेसम्म चालु आबमा सो ट्रयाकलाई व्यवस्थित बनाउने जानकारी दिइन् ।

‘राजधानीको सावारी जाम कम गर्न महत्वपूर्ण धोबीखोला करिडोरको क्षेत्रमा समस्या देखिएका सबै बाटो खोल्नेछौ ।’
जहा समस्या देखिएको छ । सो स्थानमा आफू उपस्थित भएर गुनासो सुनुवाई गरी काम अघि बढाउने बताउँदै विकास आयुक्त ढकालले भनिन्, ‘आगामी आबमा धोबीखोला करिडोरको सबै काम पुरा गर्नेछौ ।

धोबीखोला करिडोर आयोजनाका प्रमुख दिनेश पोते सहितको टोलीसँगै निरीक्षण गर्न पुगेकी ढकालले हाल देखिएको समस्या समाधान गर्न सबै सरोकारवाला, स्थानीय टोल सुधार समितिको बैठक बोलाएर निर्णय गर्ने बताइन् । हाल देखेको समस्या तत्काल समाधान गर्ने क्रममा आवश्यक परे मन्त्रालयको समेत सहयोग लिइने उनको भनाइ थियो ।

आयोजना प्रमुख पोतेले करिडोरको हालसम्म ९० प्रतिशत काम सम्पन्न भैसकेको जानकारी गराए । उनले भने, ‘अब करिब ३० करोड रुपैयाँ  आवश्यक पर्ने देखिएको छ , आगामी आबमा सो बजेट प्राप्त भए सम्पूर्ण काम सक्नेछौ ।

टोलीले बुढानिलकण्ठ नजिक रहेको तेस्रो चरणको कामको निरक्षण गरेको थियो । निरीक्षण गर्ने क्रममा आयोजना प्रमुख पोतेले करिब ३ बटा घरको मुआब्जा विवादको कारण निलोपुल क्षेत्रमा काम गर्न समस्या परेको बताए ।

करिब एकसाता अघि मात्र नियुक्ति भएकी विकास आयुक्त ढकालले आफूले उपत्याकावासीलाई महसुस हुने काम गर्ने जानकारी गराउदै आफ्नो पहिलो प्राथमिकता धोबीखोला करिडोर सम्पन्न गर्नु रहेको बताइन् ।

११ वर्षअघि शुरु भएको सो आयोजनामा हालसम्म ३ अर्ब ११ करोड रुपैयाँ खर्च भैसकेको छ। साढे ४ अर्ब रुपैयाँ लागतमा सम्पन्न गर्ने योजना रहेको सो परियोजना अन्तर्गत हालसम्म २३ किमि सडक, करिब ३ किमि ढल व्यवस्थापन र निर्माण , र १८ किमि कालोपत्र गर्ने काम सम्पन्न भैसकेको छ ।

विकास आयुक्त ढकालले पहिलो चरणमा बिजुलीबजारको पुलमुनीको ट्रयाक निर्माण गरी सजिलै सवारी आवागमन भएपछि अन्य काम निरन्तर गर्दै लैजाने बताइन् ।

प्रकाशित मिति : २७ बैशाख २०७८, सोमबार  ६ : २० बजे

चीनको अवरोधबीच ताइवानका राष्ट्रपति कसरी पुगे अफ्रिकाको इस्वाटिनी ?

ताइपेई- ताइवानका राष्ट्रपति विलियम लाई चिङ–तेले चिनियाँ अवरोध प्रयासबीच अफ्रिकी

बारामा ७१ हजार ९२ मेट्रिकटन गहुँ उत्पादन

कलैया– जिल्लामा यस वर्ष किसानले खेती गरेको गहुँ बाली मौसम

निजी क्षेत्रलाई बोलाएर रवि लामिछानेले दिए १० सन्देश

काठमाडौं- पछिल्लो समय राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता

अग्लो डोजर नहुँदा रोकियो कपन गुम्बा क्षेत्रको अभियान

काठमाडौं– डोजरको उचाइ पर्याप्त नभएका कारण कपन गुम्बा क्षेत्रमा भत्काउने

सरकारसँग तर्सिएका व्यवसायी फकाउँदै रविले भने : डराउनु पर्दैन, दुःख दिन चाहँदैनौँ

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले निजी