उर्मिलासँग मनीषा रिसाउदा रोकियो फिल्म « Khabarhub

उर्मिलासँग मनीषा रिसाउदा रोकियो फिल्म


२७ जेठ २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(एबीपी लाइभ)– आफ्नो फिल्म निर्माण शैलीका लागि बलिउडमा चिनिएका निर्देशक रामगोपाल बर्माले ‘सत्या’, ‘कम्पनी’, ‘सरकार’ र ‘सरकार राज’ जस्ता कैयौं फिल्म बनाए ।

सन् १९९० देखि २००० को दशकमा उनको फिल्म निर्माण शैलीकै दबदबा थियो । हरेक ठूला स्टार उनीसँग काम गर्न चाहन्थें । तर स्टार छनोटमा उनी ‘चूजी’ थिए र नाम चलेका कलाकार मात्र फिल्मका लागि लिन्थे ।

रामको मनपर्ने अभिनेत्री उर्मिला मातोंडकर थिइन् । त्यहीकारण उनी हरेक फिल्ममा उर्मिलालाई नै राख्न चाहन्थे ।

रामले बनाउन लागेको एक फिल्ममा उर्मिलासँगै त्यो समयकी हिट अभिनेत्री मनीषा कोइरालालाई कास्ट गराउने योजनामा थिए । राम मनीषासमक्ष फिल्मको अफर लिएर गएका थिए ।

रामले मनीषालाई उनी अभिनेताको पत्नीको भूमिकामा हुने जानकारी दिएका थिए । मनीषाको सम्बन्ध घरबाहिरको विवाहित पुरुषसँग पनि हुने र उनको पतिको प्रेमिका उर्मिला हुने सुनाएका थिए ।

उर्मिलाको चरित्र मनीषाको भन्दा बढी ग्ल्यामर थियो । उर्मिलाको भूमिका र उनको ग्ल्यामर छवि सुन्नासाथ मनीषा रिसाइन् । त्यसपछि उनले रामको फिल्ममा काम गर्न अस्वीकार गरिन् । अन्ततः यो फिल्म निर्माण नै हुन सकेन ।

उर्मिलाको कुरा गर्दा उनको करियर सम्हाल्ने श्रेय रामगोपाललाई नै जान्छ । उर्मिलालाई फिल्म ‘रंगीला’मा कास्ट गरेर रामले रातारात उनको भाग्य चम्काइदिएका थिए ।

यसपछि रामले उर्मिलालाई ‘भूत’, ‘कौन’, ‘दौड’, ‘मस्त’, ‘प्यार तूने क्या किया’ लाई अभिनय गराएका थिए । उर्मिला पनि रामकै फिल्ममा मात्र ध्यान दिन थालेपछि उनले अन्य ठूला फिल्म निर्माताका फिल्म अस्वीकार गर्दै गइन् । जसकारण उनको करियर नै सकियो ।

प्रकाशित मिति : २७ जेठ २०७८, बिहीबार  १० : ३० बजे

वालेन्द्रलाई वर्षमानका १८ सुझाव : खोज तथा उद्धारमा तीव्रतादेखि नेपाल-चीन संयुक्त संयन्त्र निर्माणसम्म

काठमाडौं- नेपाली कम्युनिष्ट पार्टीका नेता तथा प्रतिनिधिसभा सदस्य वर्षमान पुन

टनेलमा फसेकाको तत्काल उद्धार गर्न सरकारलाई पूर्वाधार समितिको निर्देशन

काठमाडौं– प्रतिनिधिसभा अन्तर्गतको पूर्वाधार विकास समितिले भाद्र १० गतेको विनाशकारी

क्युरेक्स फर्मास्युटिकल्सको ‘प्यान्टोलोक–डीएसआर’ औषधि बजारबाट फिर्ता गर्न निर्देशन

काठमाडौं– औषधि व्यवस्था विभागले क्युरेक्स फर्मास्युटिकल्स प्रालि, बनेपाद्वारा उत्पादित ‘प्यान्टोलोक–डीएसआर’

बर्नहम–म्याक्रोन वार्ता, बेलायत-फ्रान्स सहकार्य बढ्ने

एजेन्सी– बेलायतका प्रधानमन्त्री एन्डी बर्नहम र फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनबीच

आयोजनाका प्राविधिकको सहयोग लिएर लाङटाङको सुरुङबाट सेनाले निकाल्यो दुईजनाको शव

रसुवा- रसुवाको लाङटाङ खोला जलविद्युत् आयोजनाको सुरुङबाट नेपाली सेनाले दुईजना