आर्थिक र सैन्य सहकार्यका लागि चीन र इरानबीच सम्झौता « Khabarhub

आर्थिक र सैन्य सहकार्यका लागि चीन र इरानबीच सम्झौता


२७ जेठ २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तेहरान- आर्थिक तथा सैन्य सहकार्य मजबुत बनाउने उद्देश्यले चीन र इरानबीच रणनीतिक सम्झौता भएको छ ।

चीन र इरानबीच भएको २५ बर्षीय रणनीतिक सम्झौताले दुई देशबीच आर्थिक तथा सैन्य सहकार्य मजबुत बनाउने उद्देश्य रहेको छ ।

यो द्धिपक्षीय सम्झौता भनिए पनि यसले बृहत क्षेत्रमा प्रभाव पार्ने बिश्लेषण गरिएको छ ।  यो रणनीतिक साझेदारीको मुख्य उदेश्य इरानको अन्तराष्ट्रिय आर्थिक क्षेत्रमा अमेरिकी प्रतिबन्धको प्रतिरोध गर्नु रहेको बिश्लेषण गरिएको छ ।

त्यस्तै चीन पाकिस्तान आर्थिक परियोजना (सीपीइसी) लाई इरान र टर्कीसम्म बिस्तार गर्नु अर्को महत्वपूर्ण उदेश्य रहेको छ ।  क्षेत्रीय भू राजनीतिक महत्वकांक्षाले पनि यस्ता रणनीतिक साझेदारी कायम भएका हुन् ।

यसैबीच पाकिस्तानका लागि इरानी राजदूत मोहम्मद अली होसेनीले राम्रो भविष्यका लागि इरान, पाकिस्तान, टर्की, रुस र चीनजस्ता मुलुक एक हुने सम्भावना रहेको बताएका छन् ।

यसअघि पनि इरान, पकिस्तान, टर्कीजस्ता मुलुकको क्षेत्रीय साझेदारी रहँदै आएको इतिहास छ । मध्यपूर्वमा सोभियत संघको प्रभावविरुद्ध सन् १९३४ मा टर्की इरान, इराक, अफगानिस्तानबीच सादबद सम्झौता भएको थियो ।

त्यस्तै, क्षेत्रीय चासोको बिषयमा साझेदारीका लागि सन् १९५५ मा पाकिस्तान, इरान, इराक, टर्की र बेलायत बीच बग्दाद सम्झौता भएको थियो ।  यी मुलुकहरुको पछिल्लो साझेदारी र सम्झौताहरु पनि क्षेत्रीय चासो र भूराजनीतिक महत्वले प्रायोजित कदम रहेको बिश्लेषण भएका छन् ।

स्रोत एसिया टाईम्स

प्रकाशित मिति : २७ जेठ २०७८, बिहीबार  १० : ५५ बजे

कुमारी बैंक र आरोग्य वेल केयर क्लिनिकबीच सम्झौता

काठमाडौं– कुमारी बैंक लिमिटेड र आरोग्य वेल केयर क्लिनिक प्राइभेट

नेपालले चुच्चे नक्सासहितको १०० रुपैयाँको नोट जारी गर्दा भारतमा तरंग

काठमाडौं- नेपाल राष्ट्र बैंकले बिहीबारदेखि चुच्चे नक्सा समेटिएको १०० रुपैयाँको

मन्त्री घिसिङ पनि फिल्डमा खटेर रातारात पुरिँदै सडकका खाल्डा

काठमाडौं- काठमाडौंका साघुँरा सडकमा असङ्ख्य सवारीसाधनको ठेलमठेल । त्यसैमाथि सडकको

प्रियांक र विलियमको बलियो साझेदारीमा कर्णालीले विराटनगरलाई दियो १६१ रनको लक्ष्य

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गत शुक्रबारको

विशेष अदालतको फैसलाउपर सर्वोच्चमा पुनरावेदन

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रामबहादुर रानाभाटसमेत रहेको गैरकानूनी सम्पत्ति