आर्थिक र सैन्य सहकार्यका लागि चीन र इरानबीच सम्झौता « Khabarhub

आर्थिक र सैन्य सहकार्यका लागि चीन र इरानबीच सम्झौता


२७ जेठ २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तेहरान- आर्थिक तथा सैन्य सहकार्य मजबुत बनाउने उद्देश्यले चीन र इरानबीच रणनीतिक सम्झौता भएको छ ।

चीन र इरानबीच भएको २५ बर्षीय रणनीतिक सम्झौताले दुई देशबीच आर्थिक तथा सैन्य सहकार्य मजबुत बनाउने उद्देश्य रहेको छ ।

यो द्धिपक्षीय सम्झौता भनिए पनि यसले बृहत क्षेत्रमा प्रभाव पार्ने बिश्लेषण गरिएको छ ।  यो रणनीतिक साझेदारीको मुख्य उदेश्य इरानको अन्तराष्ट्रिय आर्थिक क्षेत्रमा अमेरिकी प्रतिबन्धको प्रतिरोध गर्नु रहेको बिश्लेषण गरिएको छ ।

त्यस्तै चीन पाकिस्तान आर्थिक परियोजना (सीपीइसी) लाई इरान र टर्कीसम्म बिस्तार गर्नु अर्को महत्वपूर्ण उदेश्य रहेको छ ।  क्षेत्रीय भू राजनीतिक महत्वकांक्षाले पनि यस्ता रणनीतिक साझेदारी कायम भएका हुन् ।

यसैबीच पाकिस्तानका लागि इरानी राजदूत मोहम्मद अली होसेनीले राम्रो भविष्यका लागि इरान, पाकिस्तान, टर्की, रुस र चीनजस्ता मुलुक एक हुने सम्भावना रहेको बताएका छन् ।

यसअघि पनि इरान, पकिस्तान, टर्कीजस्ता मुलुकको क्षेत्रीय साझेदारी रहँदै आएको इतिहास छ । मध्यपूर्वमा सोभियत संघको प्रभावविरुद्ध सन् १९३४ मा टर्की इरान, इराक, अफगानिस्तानबीच सादबद सम्झौता भएको थियो ।

त्यस्तै, क्षेत्रीय चासोको बिषयमा साझेदारीका लागि सन् १९५५ मा पाकिस्तान, इरान, इराक, टर्की र बेलायत बीच बग्दाद सम्झौता भएको थियो ।  यी मुलुकहरुको पछिल्लो साझेदारी र सम्झौताहरु पनि क्षेत्रीय चासो र भूराजनीतिक महत्वले प्रायोजित कदम रहेको बिश्लेषण भएका छन् ।

स्रोत एसिया टाईम्स

प्रकाशित मिति : २७ जेठ २०७८, बिहीबार  १० : ५५ बजे

मतदाता सूची विवादमा निर्वाचन प्रमुखको राजीनामा माग

नयाँदिल्ली– विवादास्पद मतदाता सूची संशोधनको विरोधमा मुख्य निर्वाचन आयुक्त ज्ञानेश

सञ्चार मन्त्रालय मातहतका निकायसँग कार्यसम्पादन सम्झौता

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिना र सञ्चारसचिव राजेन्द्रकुमार

क्यानाडासँग व्यापार वार्ता फेरि सुरु गर्न हतार छैन : ट्रम्प

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानाडासँग व्यापार वार्ता पुनः सुरु गर्न

बैतेश्वरमा भलिबलको रौनक, विजेतालाई १ लाख पुरस्कार

दोलखा– नेपालीहरूको महान् पर्व बडादसैँको अवसरमा दोलखाको बैतेश्वर गाउँपालिका–७ पाल्ले

बाढीमा बेपत्ताको मृत्यु घोषणा गर्न कानुन संशोधन गर्दै छौँ : मन्त्री गौतम

काठमाडौं– कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले बाढीमा बेपत्ता