आधुनिक ‘महाभारत’मा रिया ‘द्रौपदी’ « Khabarhub

आधुनिक ‘महाभारत’मा रिया ‘द्रौपदी’


२७ जेठ २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(बलिउड लाइफ)– बलिउड अभिनेत्री तथा दिवंगत अभिनेता सुशान्त सिंह राजपूतकी प्रेमिका रिया चक्रवर्ती डेढ वर्ष यताको मानसिक तनावबाट विस्तारै मुक्त हुँदैछिन् । हालैमात्र उनले ‘टाइम्स मस्ट डिजायरेबल वुमेन २०२०’ को उपाधि पाइन् ।

यी अभिनेत्रीमाझ अहिले एउटा महत्वपूर्ण प्रोजेक्ट आएको छ । पौराणिक कथा ‘महाभारत’लाई आधुनिक रुपान्तरण गर्दै निर्माण हुन लागेको फिल्म ‘महाभारत’मा निर्माताले उनलाई द्रौपदीको चरित्रका लागि प्रस्ताव गरेका छन् ।

रियाले पनि यो चरित्रका लागि निकै चासो देखाएकी छन् । निर्माताहरु अहिले अभिनेत्रीसँग कुराकानी चरणमा छन् ।

‘यो महाभारत र द्रौपदीको भूमिकालाई लिएर बनाइएको ठूलो परियोजना हो । अहिलेको आधुनिक परिवेशमा यो महाभारत बन्नेछ । द्रौपदी भूमिकाका लागि रिया चक्रवर्तीसँग कुराकानी भइरहेको छ’, फिल्म निकट स्रोतले भनेको छ ।

रियाले यो फिल्मका लागि ग्रीन सिग्नल दिइन् भने बलिउडमा कमव्याक गर्न उनलाई सहज हुने फिल्म पण्डितहरुको बुझाई छ ।

रिया फिल्म ‘चेहरे’मा देखिँदैछिन् । फिल्ममा अमिताभ बच्चन र इमरान हाशमीको अभिनय छ । फिल्ममा उनको भूमिका सानो भएपनि महत्वपूर्ण छ ।

प्रकाशित मिति : २७ जेठ २०७८, बिहीबार  ११ : ०० बजे

बाढीपछि उजाडियो सेतीवेणी, करोडौँको क्षति

पर्वत– असोज ८ गतेदेखि लगातार वर्षा हुने पूर्वसूचना पाए पनि

उडिरहेको जहाजमा चक्कु प्रहारबाट घाइते पाइलट स्मित मच्छरसँग भारतीय प्रधानमन्त्री मोदीको टेलिफोन संवाद

काठमाडौँ– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले फ्लाईदुबईका घाइते पाइलट क्याप्टेन स्मित

धादिङको फुर्केखोला वैकल्पिक सडक पाँच घण्टा बन्द हुने

धादिङ– पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका–२ स्थित फुर्केखोलाको पुल बगाएपछि

यी भूभागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

यूईएफए नेसन्स लिग : टर्कीविरुद्ध बेल्जियमको सहज जित

काठमाडौँ– यूईएफए नेसन्स लिग फुटबलमा बेल्जियमले टर्कीविरुद्ध सानदार जित निकालेको