मोडल निशा नर्भिक अस्पताल भर्ना « Khabarhub

मोडल निशा नर्भिक अस्पताल भर्ना


२७ जेठ २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–भारतको देहरादुनमा सडक दुर्घटनामा परेर गम्भीर घाइते भएकी मोडल निशा घिमिरेको थापाथलीस्थित नर्भिक अस्पतालमा उपचार सुरु भएको छ ।

अढाई वर्ष अघि मोडलिङ पढ्न देहरादुन पुगेकी निशाको त्यहाँ सडक दुर्घटनामा परी ‘ब्रेन इञ्जुरी’ भएको थियो ।

निशाका बुवा राजु घिमिरेका अनुसार बिहीबार दिउँसो निशालाई नर्भिकमा भर्ना गरिएको छ । ‘देहरादुनमा दुर्घटना भएपछि त्यहाँ प्रारम्भिक उपचार गरेर काठमाडौंको ट्रमा सेन्टरमा ल्याई बाँकी उपचार गर्यो । त्यसपछि छोरीलाई घरमा लगेर रेखदेख गरिरहेका थियौं’, राजुले भने ।

राजुले हालसम्म निशाको उपचारमा करिब ३० लाख रुपैंयाँ खर्च भइसकेको बताए । ‘सुरुमा छोरीको उपचारका लागि आर्थिक सहयोग पनि प्राप्त भइरहेको थियो । पछि हामी आफैंले पनि उपचार गर्यौ’, उनले भने ।

घरका चार सन्तानमध्ये निशा कान्छी हुन् । बाल्यकालदेखि नै मोडल बन्ने चाहना राखेकी उनले तीन दर्जन म्युजिक भिडियोमा अभिनय गरिसकेकी छन् ।

प्रकाशित मिति : २७ जेठ २०७८, बिहीबार  २ : ४७ बजे

इन्डोनेसिया भूकम्प : मृतक सङ्ख्या ४७ पुग्यो, खोजी तथा उद्धार जारी

लाबुआन बाजो- इन्डोनेसियाको पूर्वी क्षेत्रमा शक्तिशाली भूकम्प गएको भोलिपल्ट आइतबार

मुस्ताङ प्रदेश अस्पतालको एम्बुलेन्स आफैँ बिरामी

मुस्ताङ– मुस्ताङको एकमात्र २५ शय्याको प्रदेश अस्पताल जोमसोममा रहेको एम्बुलेन्स

जाजरकोट पहिरोः तीन जनाको मृत्यु, दुई बेपत्ता

काठमाडौँ – अविरल वर्षापछि भेरी नगरपालिका–२ जाजरकोट रिसाङमा पहिरोमा परी

इन्डोनेसिया भूकम्प: नेपाल सरकार र नेपाली जनताका तर्फबाट गहिरो सहानुभूति र समवेदना

काठमाडौँ – इन्डोनेसियाको फ्लोरेस द्वीपमा गएको विनाशकारी ७.७ म्याग्निच्युडको भूकम्प

सुनचाँदीको मूल्य बढ्यो, कतिमा भइरहेछ कारोबार ?

काठमाडौँ– नेपाली बजारमा आज (आइतबार) सुनचाँदीको मूल्यमा वृद्धि भएको छ