बेवारिसे अवस्थामा गैँडाको खाग फेला « Khabarhub

बेवारिसे अवस्थामा गैँडाको खाग फेला


२७ जेठ २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन– चितवनको वरन्डाभार संरक्षित वन क्षेत्रमा बेवारिसे अवस्थामा गैँडाको खाग भेटिएको छ । डिभिजन वन कार्यालय चितवनका प्रमुख पदमराज नेपालका अनुसार वनका हेरालुहरुले गस्ती गर्ने क्रममा उक्त खाग फेला परेको हो ।

‘हिजो बेलुका नवजागृति सामुदायिक वन र चर्तुमुखी सामुदायिक वनको सिमानाको घाँसे मैदानमा खागजस्तो देखिने वस्तु शंका लागेर वनका कर्मचारीले खबर गर्नुभयो,’ नेपालले भने, ‘आज यसलाई सुरक्षित गरेर ल्याइएको छ ।’

खागको प्रकृति हेर्दा चोरी–सिकारी गर्ने उद्देश्य नभई गैडा आपसमा जुधेर झरेको हुन सक्ने उनले बताए । खागलाई चितवन राष्ट्रिय निकुञ्ज कार्यालय पठाइने उनले जानकारी दिए । रासस

प्रकाशित मिति : २७ जेठ २०७८, बिहीबार  २ : ५९ बजे

मिनेन्द्रले उपसभापतिमा उम्मेदवारी दिने

काठमाडौं– नेपाली कांग्रेसको उपसभापतिमा डाक्टर मिनेन्द्र रिजालले उम्मेदवारी दिने भएका

कांग्रेस महाधिवेशनमा उम्मेदवारी दर्ता सुरु

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत नयाँ कार्यसमिति चयनका लागि

सुनको मूल्य स्थिर : चाँदीको घट्यो

काठमाडौं– स्थानीय बजारमा आज सुनको मूल्य स्थिर रह्यो भने चाँदीको

नेप्सेको प्रमुख कार्यकारी अधिकृत पदका लागि ४ जनाको संक्षिप्त सूची सार्वजनिक, असोज २३ गते अन्तर्वार्ता हुने

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) को रिक्त प्रमुख कार्यकारी

गोप्य सूचना चुहाउनेलाई कानुनी कठघरामा ल्याइन्छ : गृहमन्त्री

काठमाडौँ– गृहमन्त्री सुधन गुरुङले गोप्य सूचना चुहाउनेलाई कारबाही हुने बताएका