प्रदेश २ को नीति तथा कार्यक्रम प्रस्तुत « Khabarhub

प्रदेश २ को नीति तथा कार्यक्रम प्रस्तुत


२७ जेठ २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– प्रदेश २ मा आगामी आर्थिक वर्ष २०७८/७९ को नीति तथा कार्यक्रम प्रस्तुत भएको छ ।

प्रदेश प्रमुख डा राजेश आहिराज झाले प्रदेशसभामा आगामी आर्थिक वर्ष २०७८/०७९ को नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन् ।

नीति तथा कार्यक्रममा स्वास्थ्य र कृषि क्षेत्रलाई प्रमुख प्राथमिकता दिएको छ । प्रदेश सरकारले असार १ गते बजेट ल्याउनुपर्ने संवैधानिक प्रावधान भए पनि आन्तरिक राजनीतिक खिचातानीले आज नीति तथा कार्यक्रम प्रस्तुत भइरहेको छ ।

नीति तथा कार्यक्रममा महन्थ ठाकुर निकट सांसदहरुको पनि उपस्थिति छ । यसअघि ठाकुर निकट चार मन्त्रीलाई मुख्यमन्त्री लालबाबु राउतले बर्खास्त गरेपछि बैठक बहिस्कार गर्ने निर्णय गरेको थियो । तर आज बसेको बैठकले सहभागी हुने निर्णय गरेको थियो ।

प्रकाशित मिति : २७ जेठ २०७८, बिहीबार  ४ : १२ बजे

मिनेन्द्रले उपसभापतिमा उम्मेदवारी दिने

काठमाडौं– नेपाली कांग्रेसको उपसभापतिमा डाक्टर मिनेन्द्र रिजालले उम्मेदवारी दिने भएका

कांग्रेस महाधिवेशनमा उम्मेदवारी दर्ता सुरु

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत नयाँ कार्यसमिति चयनका लागि

सुनको मूल्य स्थिर : चाँदीको घट्यो

काठमाडौं– स्थानीय बजारमा आज सुनको मूल्य स्थिर रह्यो भने चाँदीको

नेप्सेको प्रमुख कार्यकारी अधिकृत पदका लागि ४ जनाको संक्षिप्त सूची सार्वजनिक, असोज २३ गते अन्तर्वार्ता हुने

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) को रिक्त प्रमुख कार्यकारी

गोप्य सूचना चुहाउनेलाई कानुनी कठघरामा ल्याइन्छ : गृहमन्त्री

काठमाडौँ– गृहमन्त्री सुधन गुरुङले गोप्य सूचना चुहाउनेलाई कारबाही हुने बताएका