गण्डकी प्रदेशसभा : विश्वासको मत सम्बन्धी मतदानमा मनाङे अनुपस्थित, जनमोर्चाका थापा तटस्थ « Khabarhub

गण्डकी प्रदेशसभा : विश्वासको मत सम्बन्धी मतदानमा मनाङे अनुपस्थित, जनमोर्चाका थापा तटस्थ



पोखरा– गण्डकी प्रदेशका सरकारका खेलकुद मन्त्री रहेका स्वतन्त्र सांसद दीपक मनाङे प्रदेशसभाको आजको महत्वपूर्ण बैठकमा उपस्थित भएनन् ।

३ जना प्रदेशसभा सदस्य रहेको राष्ट्रिय जनमोर्चाका १ सांसद तटस्थ रहे । यसअघि पार्टी निर्णयविपरित गुरुङलाई सहयोग गरेको भन्दै थापालाई जनमार्चाले एक वर्षका लागि पार्टी सदस्यबाट निलम्बन गर्दै सांसद पद खारेज गरेको थियो ।

सर्वोच्चले पद थमौति गरेपछि आजको बैठकमा सहभागी भएका थापा भने पार्टी निर्णय विपरित तटस्थ बसे ।

जनमोर्चाले विश्वासको मतको विपक्षमा मतदान गर्न ह्वीप जारी गरेको थियो । गुरुङले राखेको विश्वासको मतको प्रस्तावमाथिको छलफलका क्रममा पनि सांसद पियारी थापाले आफ्ना पार्टी विपक्षमा रहेको र कुनै पनि सांसदलाई तटस्थ नबस्न ह्वीप जारी गरेको बताएकी थिइन् ।

यसअघि आफ्नो पक्षमा पार्न भन्दै खेलकुद मन्त्री बनाइएका स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङे)ले एमालेले बहुमत हासिल गर्न नसक्ने हुँदा विपक्षी गठबन्धनलाई मत दिएर प्रदेशसभाको रक्षा गर्ने बताएका थिए ।

२७ प्रदेश सभा सदस्य रहेको एमालेमा बाग्लुङका सांसद इन्द्रलाल सापकोटा माधव नेपाल पक्षका हुन् । सापकोटाले पनि विश्वासको मतको पक्षमा मतदान गरे । उनले फ्लोर क्रस गरेको भएमा विपक्षी गठबन्धनको सरकार बन्ने थियो ।

यसअघि अविश्वासको प्रस्तावबाट गुरुङ नेतृत्वको सरकार ढाल्न कस्सिएको कांग्रेस, माओवादी केन्द्रसहित विपक्षी गठबन्धन राष्ट्रिय जनमोर्चाका संसदीय दलका नेता कृष्ण थापा र अर्का सांसद खिमविक्रम शाहीका कारण असफल भएको थियो ।

वैशाख १३ गतेदेखि शुरु भएको विशेष अधिवेशनको मतदान हुने बेलामा जनमोर्चाका सांसद शाही एकाएक वेपत्ता भएपछि बैठक स्थगित गरिएको थियो । बेपत्ता सांसद शाही पोखराको चरक अस्पतालको आइसीयू कक्षमा भेटिएका थिए ।

विशेष अधिवेशन स्थगन भएकै अवधिमा प्रदेश प्रमुख रहेका माओवादी नेता अमिक शेरचनलाई पदमुक्त गर्दै सीता पौडेललाई प्रमुख नियुक्त गरिएको थियो ।

अविश्वास प्रस्तावमाथि पुनः वैशाख २७ मा मतदान हुने तयारी गर्दा मुख्यमन्त्री गुरुङले वैशाख २६ गते नै राजीनामा दिए । गुरुङको राजीनामापछि पुनः जनमोर्चाका अर्का सांसद कृष्ण थापाले पार्टी निर्णय अस्वीकार गर्दै साथ नदिएकाले कांग्रेस नेतृत्वमा सरकार गठन गर्ने विपक्षी गठबन्धनको दोस्रो प्रयास पनि असफल भएको थियो ।

विपक्षी गठबन्धनले बहुमत सिद्ध गर्न नसक्दा ठूलो दलको हैसियतमा गुरुङ दोस्रो पटक मुख्यमन्त्री नियुक्त भएका थिए । ६० सदस्य रहेको गण्डकी प्रदेशमा विश्वासको मतका लागि ३१ मत आवश्यक थियो ।

सभामुख नेत्रनाथ अधिकारीले मतदानमा ५८ जना उपस्थित भएको र ५७ जनाले मतदान गरेकोमा विश्वासको मतको प्रस्तावको पक्षमा २७ मत र विपक्षमा ३० मत परेको घोषणा गरेका थिए ।

प्रकाशित मिति : २७ जेठ २०७८, बिहीबार  ६ : ४४ बजे

घातक विषादी नियन्त्रणमा कडाइ गर्न स्थानीय तहलाई अनुरोध

काठमाडौं – कृषि तथा पशुपन्छी विकास मन्त्रालयले तरकारी तथा फलफूलमा

आईपीएल : राजस्थानलाई हैदरावादले दियो २१७ रनको लक्ष्य

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल)को १९औँ संस्करण अन्तर्गत २१औँ

प्रधानमन्त्री कप क्रिकेट : मधेसलाई पराजित गर्दै एपिएफ विजयी

पर्सा – प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आजको

विश्वध्वजासहितको पचपन्न हातको लिङ्गो उठाइयो

भक्तपुर – होस्टे, हैँसे….होस्टे, हैँसे…। आज चैतको अन्तिम दिन ।

ऊर्जामन्त्री श्रेष्ठद्वारा नीतिगत सुधार, सुशासन र सेवा प्रवाहमा जोड

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले नीतिगत सुधार,