काठमाडौँ महानगरमा खोप अभियान स्थगित « Khabarhub

काठमाडौँ महानगरमा खोप अभियान स्थगित


२७ जेठ २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौँ महानगरमा ६० देखि ६४ वर्ष उमेर समूहका लागि कोभिड विरुद्धको चिनियाँ खोप भेरोसेल लगाउने कार्यक्रम भोलिबाट स्थगित हुने भएको छ ।

महानगरको शहरी स्वास्थ्य महाशाखाले आज एक सूचना जारी गर्दै अर्को सूचना नआउञ्जेल खोप कार्यक्रम स्थगित भएको जनाएको हो।

विभागका प्रमुख हरिबहादुर कुँवरले हस्ताक्षर गरेकाे सूचनामा स्वास्थ्य सेवा विभागलाई उद्धृत गर्दै भनिएको छ, ‘जिल्लाका लागि छुट्याइएको संख्या सकिएको छ ।’

६० देखि ६४ बर्ष उमेर समूहका व्यक्तिहरु यस अघिको कार्यक्रममा छुटेका जेठ २५ गतेदेखि उनीहरुलाई पहिलो मात्रा दिन थालिएको थियो ।

२५ गते नै वडाहरुलाई अर्को परिपत्र जारी गर्दै, त्यसअघि तोकिएका (६० -६४ बर्ष उमेर समूह) वाहेक यस अघि खोप लगाउन छुटेका र अहिले बिरामीको प्रत्यक्ष सम्पर्कमा रहेका स्वास्थ्यकर्मी, मेडिकल कलेजका विद्यार्थी, इन्टर्न र अन्डर जव ट्रेनिङमा रहेका नर्सिङ् र पारा मेडिक्स तथा यस अघि भेरो सेलको पहिलो मात्रा लगाएर दोस्रो मात्रा छुटेकालाई परिचय पत्रका आधारमा खोप लगाउन अनुरोध गरिएको थियो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जेठ २४ गतेको पत्र उधृत गर्दै विभागले वडाहरुलाई आग्रह गरेको थियो । तालिकाअनुसार जेठ २६ गते ६३ बर्षका लागि, जेठ २७ गते ६२ बर्षका लागि दिइसकिएको छ । भोलि अर्थात जेठ २८ गते ६१ बर्षका लागि र जेठ २९ गते ६० बर्ष उमेरका व्यक्तिलाई खोप दिने तालिका थियो । तालिकाअनुसार ६० र ६१ बर्ष उमेर समूहका व्यक्तिहरु छुट्नेछन् ।

प्रकाशित मिति : २७ जेठ २०७८, बिहीबार  ८ : ४० बजे

काभ्रेमा कफीको व्यावसायिक विस्तार, बढ्दै आर्थिक सम्भावना

बनेपा– मुलुकको मध्यपहाडी क्षेत्रका पाखापखेरा कफी खेतीका निम्ति उपयुक्त मानिएका

अमेरिकी गाडी उद्योगमा उत्पादन र लगानी विस्तारको तयारी : राष्ट्रपति ट्रम्प

वासिङ्टन– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो व्यापार नीतिले अमेरिकाको गाडी

किभमा रुसको तीव्र हवाई प्रहार : विदेशी कूटनीतिज्ञलाई तत्काल सहर छाड्न रुसको कडा चेतावनी

काठमाडौं– रुसले युक्रेनको राजधानी किभमा थप भीषण प्रहार गर्ने चेतावनी

किसानका घरआँगनमा कृषिमन्त्री चौधरी

रुपन्देही– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले रुपन्देही, कपिलवस्तु र

एलिनाको पसलको घर किनेको हल्लामा विष्णुको जवाफ- ‘समाचार पढेर मात्रै थाहा पाएँ’

काठमाडौं– गायिका एलिना चौहान र उनका पूर्वपति विष्णु सापकोटाको सम्बन्ध