जोकोभिच विम्बल्डन टेनिसको फाइनलमा प्रवेश « Khabarhub

जोकोभिच विम्बल्डन टेनिसको फाइनलमा प्रवेश


२६ असार २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– साविक विजेता नोभाक जोकोभिच विम्बल्डन टेनिसको फाइनलमा प्रवेश गरेका छन् । शुक्रबार राति भएको खेलमा डेनिस शापोभालोभलाई पराजित गर्दै जोकोभिच फाइनल प्रवेश गरेका हुन् ।

जोकोभिचले डेनिसलाई ७-६ (७-३),७-५ र ७-५ को सेटमा पराजित गरे । यससँगै पाँच पटक च्याम्पियन जोकोभिच सातौं पटक विम्बल्डनको फाइनलमा प्रवेश गर्न सफल भएका छन् ।

जोकोभिचले अब उपाधिका लागि इटालीका सातौं वरीयताका माटियो बेरेटिनीसँग खेल्ने छन् ।

यसैबीच विम्बल्डन टेनिसको महिलातर्फको उपाधिका लागि एस लिघ बार्टी र क्यारोलिना प्लिस्कोभाबीच प्रतिस्पर्धा हुने भएको छ ।

शीर्ष वरियताकी अष्ट्रेलियन खेलाडी बार्टी र चेक रिपब्लिककी आठौं वरियताकी प्लिस्कोभा बीच प्रतिस्पर्धा हुन लागेको हो ।

बार्टीले जर्मन खेलाडी पूर्व च्याम्पियन एन्जेलिक कर्वरलाई ६–३ र ७–६ को सेटमा पराजित गर्दै फाइनलमा स्थान बनाएकी हुन ।

त्यस्तै प्लिस्कोभाले बेलारुसकी आर्याना साबालेन्का माथि ५–७, ६–४ र ६–४ को सेटमा जित निकाल्दै फाइनलको यात्रा तय गरेकी हुन् । दुवैले पहिलो पटक विम्बल्डनको फाइनलमा खेल्न लागेका हुन् । फाइनल खेल आज हुँदैछ ।

प्रकाशित मिति : २६ असार २०७८, शनिबार  ७ : ५२ बजे

पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित

मुस्ताङ – पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित भएको छ ।

पिकअपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मकवानपुर – मकवानपुरको हेटौँडामा पिकअप गाडी र मोटरसाइकल एकआपसमा ठोक्किँदा

किन घटे मुस्ताङ आउने पर्यटक ?

मुस्ताङ – गत आर्थिक वर्षको पहिलो तीन महिनाको तुलनामा चालु

गाजामा इजरायली हवाई आक्रमणमा हमासका तीन सदस्य मारिए

जेरुसेलम – गाजा पट्टीमा गत सप्ताहान्त इजरायलले गरेको हवाई आक्रमणमा

तातोपानी नाका नियमित सञ्चालनको माग, दुई दिनमा जम्मा १० कन्टेनर नेपाल भित्रिए

सिन्धुपाल्चोक – यही कात्तिक १ गतेदेखि अस्थायी रुपमा सञ्चालनमा ल्याइएको