जोकोभिच विम्बल्डन टेनिसको फाइनलमा प्रवेश « Khabarhub

जोकोभिच विम्बल्डन टेनिसको फाइनलमा प्रवेश


२६ असार २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– साविक विजेता नोभाक जोकोभिच विम्बल्डन टेनिसको फाइनलमा प्रवेश गरेका छन् । शुक्रबार राति भएको खेलमा डेनिस शापोभालोभलाई पराजित गर्दै जोकोभिच फाइनल प्रवेश गरेका हुन् ।

जोकोभिचले डेनिसलाई ७-६ (७-३),७-५ र ७-५ को सेटमा पराजित गरे । यससँगै पाँच पटक च्याम्पियन जोकोभिच सातौं पटक विम्बल्डनको फाइनलमा प्रवेश गर्न सफल भएका छन् ।

जोकोभिचले अब उपाधिका लागि इटालीका सातौं वरीयताका माटियो बेरेटिनीसँग खेल्ने छन् ।

यसैबीच विम्बल्डन टेनिसको महिलातर्फको उपाधिका लागि एस लिघ बार्टी र क्यारोलिना प्लिस्कोभाबीच प्रतिस्पर्धा हुने भएको छ ।

शीर्ष वरियताकी अष्ट्रेलियन खेलाडी बार्टी र चेक रिपब्लिककी आठौं वरियताकी प्लिस्कोभा बीच प्रतिस्पर्धा हुन लागेको हो ।

बार्टीले जर्मन खेलाडी पूर्व च्याम्पियन एन्जेलिक कर्वरलाई ६–३ र ७–६ को सेटमा पराजित गर्दै फाइनलमा स्थान बनाएकी हुन ।

त्यस्तै प्लिस्कोभाले बेलारुसकी आर्याना साबालेन्का माथि ५–७, ६–४ र ६–४ को सेटमा जित निकाल्दै फाइनलको यात्रा तय गरेकी हुन् । दुवैले पहिलो पटक विम्बल्डनको फाइनलमा खेल्न लागेका हुन् । फाइनल खेल आज हुँदैछ ।

प्रकाशित मिति : २६ असार २०७८, शनिबार  ७ : ५२ बजे

संरक्षणको पर्खाइमा नेपालकै पहिलो ‘फर्पिङ जलविद्युत आयोजना’ (तस्बिर)

काठमाडौँ– नेपाल विद्युत् प्राधिकरणले आज आफ्नो स्थापनाको ४१औँ वार्षिकोत्सव मनाउँदै

कोशीटप्पुको निगुरो काठमाडौँको कालीमाटीमा

सुनसरी– कोशी गाउँपालिका– ८ भन्टाबारीकी मीरा मेहताले विगत सात वर्षदेखि

नागपञ्चमी : सर्पलाई किन देवता मानेर पूजा गरिन्छ ?

नेपाललाई प्रकृति, संस्कृति र धर्मको अनौठो संगमका रूपमा चिनिन्छ। यहाँ

लुम्बिनी प्रदेशका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै

दाङ– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले आज प्रदेशसभाबाट विश्वासको मत

बाजुराको बडिमालिका मन्दिरमा मेला तथा पूजा प्रारम्भ

बाजुरा– धार्मिक तथा पर्यटकीय क्षेत्र बाजुरास्थित बडिमालिका मन्दिरमा आजदेखि मेला