अमेरिकाले नेपाललाई १५ लाख बढी डोज खोप उपलब्ध गराउँदैछ : राजदूत बेरी « Khabarhub

अमेरिकाले नेपाललाई १५ लाख बढी डोज खोप उपलब्ध गराउँदैछ : राजदूत बेरी


२६ असार २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अमेरिकाले १५ लाखभन्दा बढी डोज खोप नेपाललाई उपलब्ध गराउने भएको छ।

नेपालका लागि अमेरिकी राजदूत र्‍यान्डी बेरीले सामाजिक सञ्जालमा संक्षिप्त जानकारी दिँदै अमेरिकाले केही दिनमा कोभिड–१९ विरुद्धको खोप निःशुल्क उपलब्ध गराउन लागेको जानकारी दिएका हुन्।

अमेरिकाले अमेरिकी फर्मास्युटिकल कम्पनी जोन्सन एन्ड जोन्सनद्वारा उत्पादित जेन्सेन खोप सहयोग गर्न लागेको हो। यो खोप एक मात्रा (डोज) लगाए पुग्छ।

राजदूत बेरीले नेपाल–अमेरिका साझेदारीको ७३ वर्ष लामो यात्रामा आफ्ना लागि अन्त्यन्तै खुसीको क्षण भएको उल्लेख गरेका छन्।

‘अमेरिका सदैव नेपालीहरूको साथमा छ र नेपालीको जीवनस्तर सुधारमा निरन्तर काम गरिरहने छ’, उनले उल्लेख गरेका छन्।

उक्त खोप नेपालमा कहिले आइपुग्छ भन्नेबारे यकिन भइनसकेको अमेरिकी दूतावासले जनाएको छ।

उनले सामाजिक सञ्जालमा यस्तो लेखेका छन्

प्रकाशित मिति : २६ असार २०७८, शनिबार  ८ : १९ बजे

रूपन्देहीमा भएको सवारी दुर्घटनामा परी पूर्ववडा अध्यक्षको मृत्यु

रूपन्देही- रूपन्देहीको सिद्धार्थनगर नगरपालिका–१० मा बिहीबार साँझ भएको सवारी दुर्घटनामा

अब आँपपिपल अस्पतालमा पनि पोस्टमार्टम सेवा

गोरखा – गोरखा अस्पताल र आरुघाट आधारभूत अस्पतालमा मात्र सञ्चालन

त्रिभुवन विमानस्थलमा मुटुको धड्कन अचानक बन्द भए उपचार गर्न ‘एईडी’ मेसिन

काठमाडौं- दक्षिण एसियाली स्वास्थ्य समुन्नति कार्यक्रम (हाप्सा) नेपालले मुटुको धड्कन

स्थानीय तहले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्नेमा सभामुख अर्यालको जोड

काठमाडौं– सभामुख डोलप्रसाद (डीपी) अर्यालले स्थानीय तहले जनतालाई सेवा प्रदान

मोरङमा एसईईका सहायक केन्द्राध्यक्ष पक्राउ

काठमाडौँ- मोरङको ग्रामथान गाउँपालिकास्थित एक परीक्षा केन्द्रका सहायक केन्द्राध्यक्षलाई प्रहरीले