कामपाको बजेट पारितः ५० प्रतिशत बीमा शुल्क बेहोरिने « Khabarhub

कामपाको बजेट पारितः ५० प्रतिशत बीमा शुल्क बेहोरिने


२६ असार २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ–काठमाडौँ महानगरपालिकाको आगामी आर्थिक वर्ष २०७८/०७९ का लागि प्रस्तावित बजेट सर्वसम्मतिले पारित भएको छ । कामपाका प्रमुख विद्यासुन्दर शाक्यका अध्यक्षतामा आज बसेको नगरसभाको नवौँ अधिवेशनको छैटौँ बैठकले केही संशोधनसहित सर्वसम्मतिबाट बजेट पारित गरेको हो ।

यही असार १० गते बसेको नगरसभाको नवौँ अधिवेशनको चौथो बैठकमा कामपा प्रमुख शाक्यले आर्थिक विधेयक, २०७८’ र सोही बैठकमा उपप्रमुख हरिप्रभा खड्गीले आव २०७८÷७९ का लागि बजेट प्रस्ताव गरेकी थिइन् ।

कामपाले आगामी आवका लागि रू १८ अर्ब ९५ करोड ७७ लाख १२ हजारको बजेट प्रस्ताव गरेको थियो । आगामी आर्थिक वर्षमा महानगरवासीका लागि नेपाल सरकारको स्वास्थ्य बीमा कार्यक्रममा ५० प्रतिशत बीमा शुल्क बेहोर्ने बजेटमा जनाइएको छ ।

यसैगरी ज्येष्ठ नागरिक विशिष्टीकृत सेवासहितको महानगर विशेष अस्पताल सञ्चालन गर्न पनि बजेट विनियोजन गरिएको छ ।

त्यसैगरी कामपाले आर्थिक विधेयक, २०७८ मा कोभिड—१९ को प्रभावलाई ध्यानमा राखी करदाताबाट असूल हुन बाँकी रहेको आव २०७६÷०७७ देखिको सबै प्रकारका कर बक्यौतामा लाग्ने जरिवानामा छुट गर्ने भएको छ ।

सम्पत्ति करमा ९० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको छ । कामपाका होटल, रेष्टुरेन्ट, पसल जस्ता व्यवसायले आफ्नो प्रयोजनका लागि बनाएका शौचालयमा सर्वसाधारणका लागि समेत निःशुल्क सेवा उपलब्ध गराएमा व्यवसाय करमा ५० प्रतिशत छुट दिने पनि घोषणा गरिएको छ । कामपाको यही असार ६ गते नीति तथा कार्यक्रम प्रस्तुत भएको थियो । चालु आवका लागि भने कामपाले रु १५ अर्ब ५० करोडको बजेट ल्याएको थियो ।

प्रकाशित मिति : २६ असार २०७८, शनिबार  १ : ३० बजे

जलवायुजन्य विपतका प्रभावितलाई न्यायको माग गर्दै वसन्तपुरमा दीप प्रज्वलन (तस्बिरहरू)

काठमाडौं– जलवायु परिवर्तनका कारण बढ्दो विपद् र जलवायु न्यायको माग

नेपाली कांग्रेसको महाधिवेशनमा केन्द्रीय कार्यसमितिको मनोनयन दर्ता सोमबार हुने

काठमाडौं- नेपाली कांग्रेसको आगामी १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचनका

आर्थिक कूटनीतिलाई राष्ट्रिय समृद्धिसँग जोड्नुपर्छः परराष्ट्रमन्त्री खनाल

काठमाडौं- परराष्ट्रमन्त्री शिशिर खनालले नेपालको कूटनीतिलाई राष्ट्रिय आर्थिक हित र

वेत्रावतीमा बेलिब्रिज जडान सुरु, रसुवासँगको सडक सञ्जाल जोडिँदै

काठमाडौं– रसुवामा बाढीका कारण क्षतिग्रस्त गल्छी-वेत्रावती सडकखण्डमा अस्थायी ट्र्याक खुलेसँगै

जगदम्बा मोटर्सले नेपालमा भित्र्यायो स्याकम्यान इलेक्ट्रिक प्राइम मुभर र इलेक्ट्रिक टिपर

काठमाडौं– शंकर ग्रुपअन्तर्गतको जगदम्बा मोटर्सले सान्क्सी अटोमोबाइल ग्रुप (स्याकम्यान) सँगको सहकार्यमा