‘मायाले संसार’मा प्रथम, पुष्प र गरिमा « Khabarhub

‘मायाले संसार’मा प्रथम, पुष्प र गरिमा


२६ असार २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–गीतकार टिआर गौडेलको नयाँ गीत ‘मायाले संसार चल्दैन पैसा नभए’ सार्वजनिक भएको छ । रोमान्टिक डान्स नम्बरको रुपमा तयार गीतको संगीत तथा एरेन्ज बाबुल गिरीले गरेका हुन् ।

गीतमा संगीतकार गिरीकै स्वर रहेको छ । गीतको म्युजिक भिडियो पनि आकर्षक बनेको छ । जसमा पुष्प खड्का, प्रथम खड्का र गरिमा शर्माको अभिनय देख्न सकिन्छ ।

गीतको भिडियो माइकल चन्दले निर्देशन गरेका हुन् । भिडियोमा फरक र आकर्षक स्टेप प्रयोगमा माहिर मानिने निर्देशक चन्दको यो भिडियो पनि राम्रो बनेको छ ।

माइलक स्टेप र आर्ट एकेडेमीको कोरियोग्राफी रहेको भिडियोमा उत्सव दाहालको छायाँकन, साइलेन लम्सालको सम्पादन रहेको छ ।

माया र पैसालाई आधार बनाएर लेखिएको गीतमा जिन्दगीमा माया मात्र नभई पैसा पनि उत्तिकै महत्व हुने देखाउन खोजिएको छ । गीतले प्रेम र विछोडसमेत व्यक्त गरेको छ । गीतकार टिआर व्यवसायी पनि हुन् ।

 

प्रकाशित मिति : २६ असार २०७८, शनिबार  १२ : ५० बजे

चार देशमा प्रस्तावित राजदूतको संसदीय सुनुवाइ हुँदै

काठमाडौँ– संघीय संसद अन्तर्गत रहेको संसदीय सुनुवाइ समितिको बैठक आज

विश्वासको शिर कहिल्यै झुक्ने छैन : कांग्रेस उपसभापति भण्डारी

काठमाडौंँ– नेपाली कांग्रेसका नवनिर्वाचित उपसभापति डा. चन्द्रकान्त भण्डारीले आफूलाई विश्वास

कांग्रेस सहमहामन्त्रीमा खतिवडा र सिवाकोटी अगाडि

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्री खुलातर्फको मतगणना जारी रहेको

तनहुँको आँबुखैरेनीमा ४५ रोपनी क्षेत्रफलमा सयपत्री फूलखेती

तनहुँ– दसैँको रौनकसँगै तनहुँको आँबुखैरेनी गाउँपालिका–१ स्थित आँधीमूल यानचोकका बारी

सेती प्रादेशिक अस्पताललाई २५ करोड ५० लाख बजेट

धनगढी– सुदूरपश्चिम प्रदेश सरकारले सेती प्रादेशिक अस्पतालका लागि २५ करोड