गगन थापाको प्रधानमन्त्रीलाई प्रश्न : पूर्व प्रधानमन्त्रीको उपचार खर्च ब्यहोर्ने निर्णय कुन कानुनमा टेकेर गर्नुभयो ? « Khabarhub

गगन थापाको प्रधानमन्त्रीलाई प्रश्न : पूर्व प्रधानमन्त्रीको उपचार खर्च ब्यहोर्ने निर्णय कुन कानुनमा टेकेर गर्नुभयो ?


२६ असार २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसका नेता गगन थापाले पूर्व प्रधानमन्त्री झलनाथ खनालको सबै उपचार खर्च ब्यहोर्ने सरकारले गरेको निर्णयप्रति आपत्ति जनाएका छन् ।

सरकारले केही दिन अघि हाल भारतमा उपचार गराइरहेका खनालको सबै उपचार खर्च ब्यहोर्ने निर्णय गरेको थियो । उक्त निर्णय कानुन विपरीत रहेको भन्दै नेता थापाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई कुन कानुनमा टेकेर निर्णय गर्नु भयो भनी प्रश्न गरेका छन् ।

विगतमा उच्च ओहदामा बसेकाहरुले विदेशमा उपचार गराउँदा स्वास्थ्य मन्त्रालयले सिफारिस गर्ने र मन्त्रिपरिषदले निर्णय गर्ने प्रचलन रहेको उल्लेख गर्दै नेता थापाले उक्त कार्य गलत छ भनेर संसदबाट कानुन नै संशोधन गरेर खर्च दिने काममा रोक लगाएको बताएका छन् ।

नेता थापाले शनिबार फेसबुकमा लेख्दै कानुन लागू हुँदा पनि प्रधानमन्त्रीको ठाडो प्रस्तावमा राज्यकोषबाट उपचार खर्च दिने काम नरोकिएको बताएका छन् ।

२०७४ सालमा ओली सरकारले ल्याएको जनस्वास्थ्य विधेयकमा आफूले नै ‘प्रचलित कानुनमा जुनसुकै कुरा लेखिएको भएता पनि कुनै व्यक्तिलाई विदेशमा उपचार गर्नु परेमा सोको लागि खर्च नेपाल सरकारबाट उपलब्ध गराउने छैन’ भन्ने संशोधन प्रस्ताव राखेको उनले उल्लेख गरेका छन् ।

उक्त संशोधन संसदले स्वीकार गर्दै बनेको कानुन २०७५ असोज २ गतेदेखि लागू भएको बताउँदै थापाले भनेका छन्, ‘कुनै पनि व्यक्तिलाई सरकारको ढुकुटीबाट विदेशमा उपचार गरेको १ रूपैयाँ पनि तिर्न मिल्दैन ।’

प्रकाशित मिति : २६ असार २०७८, शनिबार  १२ : २९ बजे

पर्वहरूले विविधताबीचको राष्ट्रिय एकतालाई थप सुदृढ बनाउँछन् : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले इसाई धर्मावलम्बीको  पर्व ‘क्रिसमस डे’ का

प्रत्येक स्थानीय तहमा सामुदायिक बीउ बैंक स्थापना गर्न जोड

मोरङ– कोशी प्रदेशमा प्रत्येक स्थानीय तहमा कम्तीमा एउटा सामुदायिक बीउ

भाँडी खोला क्षेत्रस्थित मेची राजमार्ग अवरुद्ध

ताप्लेजुङ– यहाँको पाथीभरा याङवरक गाउँपालिका–१ भाँडी खोला क्षेत्रस्थित मेची राजमार्गमा

देवघाटलाई प्लाष्टिक निषेधित क्षेत्र घोषणा गरिँदै

चितवन– देवघाटको धार्मिक क्षेत्रलाई प्लाष्टिक निषेधित क्षेत्र घोषणा गरिने भएको

सुनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– केही दिनदेखि नयाँ रेकर्ड बनाइरहेको सुनको मूल्य आज भने