इजरायलविरुद्ध हुथी समूहको आक्रमणसँगै पश्चिम एशियामा तनाव चर्कियो, जलमार्गमा अवरोधको डर « Khabarhub

इजरायलविरुद्ध हुथी समूहको आक्रमणसँगै पश्चिम एशियामा तनाव चर्कियो, जलमार्गमा अवरोधको डर


१६ चैत्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

साना- यमनका इरान समर्थित हुथी विद्रोहीहरूले इजरायलविरुद्ध मिसाइल आक्रमण गरेपछि पश्चिम एशियामा तनाव थप चर्किएको छ । यसबाट विश्व व्यापारमा असर पर्ने चिन्ता बढेको छ । हुथी समूहले शनिबार दक्षिणी इजरायलका ‘संवेदनशील सैन्य स्थलहरू’ लक्षित गर्दै मिसाइल प्रहार गरेको दाबी गरेको छ ।

यद्यपि इजरायली सेनाले यमनबाट प्रहार गरिएको एक मिसाइललाई अवरोध गरेको जनाएको छ । इजरायली सैन्य प्रवक्ताले देश बहुपक्षीय युद्धको सम्भावनाका लागि तयारी अवस्थामा रहेको बताएका छन् । हुथीहरू इरानको ‘प्रतिरोध अक्ष’ अन्तर्गतका महत्वपूर्ण सहयोगी मानिन्छन् ।

यस समूहले यमनको राजधानी सना र देशको ठूलो उत्तरी क्षेत्र नियन्त्रणमा राखेको छ । यो समूहले सन् २०१४ देखि अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त सरकारविरुद्ध गृहयुद्ध लड्दै आएको छ ।

हालै संयुक्त राज्य अमेरिका र इजरायलले इरानमाथि आक्रमण सुरु गरेपछि करिब एक महिनासम्म मौन रहेका हुथीहरू अब प्रत्यक्ष रूपमा युद्धमा प्रवेश गरेका हुन् । विश्लेषकहरूका अनुसार हुथीहरूको यस सक्रियताले बाब अल मण्डेब अन्तर्राष्ट्रिय समुद्री ढुवानी र ऊर्जा आपूर्तिमा थप अवरोध ल्याउन सक्छ ।

यसले विश्व अर्थतन्त्रमा समेत नकारात्मक प्रभाव पार्ने सम्भावना रहेको छ । हुथी पक्षले अमेरिका र इजरायललाई आफ्नो क्षेत्र प्रयोग गरेर इरानमाथि आक्रमण गर्न नदिने चेतावनी दिएको छ ।

उनीहरूले आवश्यक परे थप कडा कदम चाल्ने सङ्केत पनि दिएका छन् । यसअघि पनि हुथीहरूले व्यापारिक जहाजहरू लक्षित गर्दै सयभन्दा बढी आक्रमण गरेका थिए ।

यसका कारण अन्तर्राष्ट्रिय ढुवानी प्रणालीमा ठूलो अवरोध आएको थियो । विशेषज्ञहरूका अनुसार यदि क्षेत्रीय तनाव अझ बढेमा ऊर्जा बजार, ढुवानी र विश्व व्यापारमा गम्भीर असर पर्न सक्नेछ ।

प्रकाशित मिति : १६ चैत्र २०८२, सोमबार  ३ : ४३ बजे

देउवालाई हटाएर, पार्टी कब्जा गरेर कांग्रेस चल्दैन, विधानअनुसार नेतृत्व फेरौँ

काठमाडौं– नेता विमलेन्द्र निधिले नेपाली कांग्रेस इतर समूहको राष्ट्रिय भेलामा

गण्डकीमा अनलाइनबाटै प्रसारण संस्थाको दर्ता र नवीकरण

गण्डकी– प्रेस रजिष्ट्रारको कार्यालय, गण्डकीले अनलाइनबाट प्रसारण संस्थाको दर्ता तथा

फेरिँदैछ सम्बन्ध बिच्छेदको उद्देश्य र कारण

म्याग्दी- म्याग्दीमा सम्बन्ध बिच्छेदको कारण र उद्देश्य फेरिन थालेको छ।

पर्यटकीयस्थलमा विद्युत सुविधा विस्तार

म्याग्दी– अन्नपूर्ण गाउँपालिका– ८ स्थित पर्यटकीयस्थल आलडाँडामा केन्द्रीय प्रसारण लाइनको

जेनजी आन्दोलनका शहीद परिवार र घाइतेलाई ५० लाखसम्म सहुलियतपूर्ण कर्जा दिइने

काठमाडौँ– सरकारले जेनजी आन्दोलनका शहीद परिवार तथा घाइतेलाई स्वरोजगार उद्यम