रुपान्तरण « Khabarhub

रुपान्तरण


२६ असार २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जैन कवि वनारसीदासको घरमा एक दिन चोर पस्यो । चोरी भइरहेको थाहा पाएर पनि उनी चुपचाप ओछ्यानमै पल्टिरहे ।

चोरले भएभरको सामान एउटा तन्नामा कसेर ठूलो पोको बनायो, तर उठाउन सकेन । चुपचाप हेरिरहेका कविजीले भने— तिमीले जुन सामान बाँधेका छौ, त्यो मलाई काम लाग्ने छैन, लैजाऊ म कुम्लो उठाइदिन्छु ।

अक्कमक्क परेको चोरले लजाउँदै हिम्मतसाथ कुम्लो उठाउन खोज्यो । वनारसीदासले कुम्लो उठाएर उसको टाउकोमा राखिदिए ।

घर गएर चोरले आफ्नी आमालाई सबै कुरा सुनायो । चोरकी आमाले टाउकोमा हातले ठोक्दै भनिन्— यस्ता सन्तको सामान चोर्नमा तिमीलाई लाज लागेन ? जाऊ र फर्काइदेऊ ।

चोरले सामान फिर्ता गरेर कविसँग क्षमा माग्यो । त्यसपछि ऊ चोरी छाडेर खेती गर्न थाल्यो ।

साभार : ‘विश्वका उत्कृष्ट प्रेरक प्रसङ्ग’ पुस्तकबाट

प्रकाशित मिति : २६ असार २०७८, शनिबार  ११ : २५ बजे

‘रिटर्नी’ उद्यमीको सीप र पुँजी नेपालको आर्थिक विकासको आधार बन्नसक्छ

काठमाडौं-नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष चन्द्रप्रसाद ढकालले कोरियामा विभिन्न

थालाछें नागपोखरीमा नागपूजा

भक्तपुर– थालाछें नागपोखरीमा आज बिहानैदेखि नाग पूजा गर्न भक्तजनहरुको भीड लागेको

ट्रकको ठक्करबाट एमाले नेत्री सापकोटाको निधन

कैलाली– कैलालीको बर्दगोरिया गाउँपालिका–१ मुडा पुल नजिकै ट्रकको ठक्करबाट नेपाल

‘फूलको आँखामा फूलै संसार’ गीतका लेखक दुर्गालाल श्रेष्ठको निधन

काठमाडौँ – नेपाल भाषाका जनकवि तथा वरिष्ठ साहित्यकार दुर्गालाल श्रेष्ठको

सुदूरपश्चिममा आज ओल्के पर्व मनाइँदै

कञ्चनपुर– सुदूरपश्चिममा आज हर्षोल्लासका साथ ओल्के पर्व मनाइँदैछ । भदौ