नेपालीको मौलिक खाना सिस्नु र ढिँडो बनाउने तरिका « Khabarhub

नेपालीको मौलिक खाना सिस्नु र ढिँडो बनाउने तरिका


२६ असार २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

आवश्यक सामग्री :
सिस्नु                    – २ के.जी.
मकैको पीठो         – १ के.जी.
नुन खुर्सानी           – स्वाद अनुसार
टिम्मुर                  – १५ ग्राम (पिसेको)
लसुन ठूलो            – १ पोटी पिसेको
सिस्नुको लागि मकैको पिठो – ३० ग्राम
पानी                  – २.५ लिटर
ज्वानो                 – २ चिम्टी

बनाउने तरिका :

  • कराहीमा पानी राखेर चुल्होमा बसाउने । उम्लिएपछि सिस्नु त्यसैमा राखेर छोपिदिने ।
  • पाकेपछि टिम्मुर, पिठो, लसुन र नुन राखेर फिर्केले फिटेर लेदो बनाउने ।
  • फ्राईप्यानमा घ्यु तताउने । ज्वानो पड्काएर झानिदिने र झिकेर वाटामा खन्याएर राख्ने ।
  • बाक्लो कराहीमा ढिँडोको पानी बसाउने । ठूलो चम्चाको एक चम्चा पिठो राखिदिने यसले पानीको सतह ढाक्छ । पानीको वाफ उड्न नपाएपछि पानी छिटो उम्लिन्छ र इन्धनको पनि बचावट हुन्छ ।
  • पानी उम्लिएपछि आँच घटाई पिठो अलि अलि राख्दै चलाउँदै जाने । पिठो सकिएपछि करिब दश मिनेट बाक्लो पन्युले मस्काई रहने ।
  • जब कराहीमा मांम्री बस्न थाल्छ । तब ढिँडो पाकेको मानिन्छ । ढिँडो प्लेटमा पस्कने । सिस्नु कचौरामा लिने र ढिँडो चोप्दै हरियो खुर्सानी टोक्दै खानु पर्दछ ।
  • सिस्नु नेपालको दूर्गम गाउँको लोकप्रिय तरकारी हो । यस्तो खाना ज्यादै पौष्टिक र ग्यास्टिक तथा सुगर हुनेहरूको लागि ज्यादै उपयोगी हुनुको साथै यसले मोटोपन कन्ट्रोल गर्न मद्दत गर्दछ ।

(आजकल बजारमा सिस्नुको पाउडर पाइन्छ । सबै ठाउँमा ताजा सिस्नु पाउन सकिँदैन ।)

साभार : ‘सजिलो कुकिङ’ पुस्तकबाट

प्रकाशित मिति : २६ असार २०७८, शनिबार  २ : ४५ बजे

युरिया मल कालोबजारी गरेको आरोपमा तीन जना पक्राउ

बागलुङ– किसानका लागि अनुदानमा उपलब्ध गराइएको युरिया मल बागलुङबाट वीरगञ्ज

शंखमुलस्थित एक होस्टलमा हतियार प्रहारबाट युवकको हत्या

काठमाडौँ– काठमाडौँ महानगरपालिका–१० शङ्खमुलस्थित भ्याली ब्वाइज होस्टलमा कुटपिट तथा धारिलो

पहिरोले बेनी–जोमसोम र चामे–बेँसीसहर सडक अवरुद्ध

काठमाडौँ– पहिरो खसेपछि म्याग्दीको बेनी–जोमसोम र मनाङको चामे–बेँसीसहर सडक पूर्णरूपमा

कांग्रेसले आयोजना गरेको महिला दौड (तस्बिरहरु)

काठमाडौँ– नेपाली कांग्रेसले ४४औँ बीपी स्मृति दिवसको अवसरमा शनिबार ललितपुरमा

टप एण्ड टी–२० : आज नेपाल र बंगलादेशको टोली खेल्ने

काठमाडौँ– अष्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजको आफ्नो दोस्रो खेलमा