नेपालीको मौलिक खाना सिस्नु र ढिँडो बनाउने तरिका « Khabarhub

नेपालीको मौलिक खाना सिस्नु र ढिँडो बनाउने तरिका


२६ असार २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

आवश्यक सामग्री :
सिस्नु                    – २ के.जी.
मकैको पीठो         – १ के.जी.
नुन खुर्सानी           – स्वाद अनुसार
टिम्मुर                  – १५ ग्राम (पिसेको)
लसुन ठूलो            – १ पोटी पिसेको
सिस्नुको लागि मकैको पिठो – ३० ग्राम
पानी                  – २.५ लिटर
ज्वानो                 – २ चिम्टी

बनाउने तरिका :

  • कराहीमा पानी राखेर चुल्होमा बसाउने । उम्लिएपछि सिस्नु त्यसैमा राखेर छोपिदिने ।
  • पाकेपछि टिम्मुर, पिठो, लसुन र नुन राखेर फिर्केले फिटेर लेदो बनाउने ।
  • फ्राईप्यानमा घ्यु तताउने । ज्वानो पड्काएर झानिदिने र झिकेर वाटामा खन्याएर राख्ने ।
  • बाक्लो कराहीमा ढिँडोको पानी बसाउने । ठूलो चम्चाको एक चम्चा पिठो राखिदिने यसले पानीको सतह ढाक्छ । पानीको वाफ उड्न नपाएपछि पानी छिटो उम्लिन्छ र इन्धनको पनि बचावट हुन्छ ।
  • पानी उम्लिएपछि आँच घटाई पिठो अलि अलि राख्दै चलाउँदै जाने । पिठो सकिएपछि करिब दश मिनेट बाक्लो पन्युले मस्काई रहने ।
  • जब कराहीमा मांम्री बस्न थाल्छ । तब ढिँडो पाकेको मानिन्छ । ढिँडो प्लेटमा पस्कने । सिस्नु कचौरामा लिने र ढिँडो चोप्दै हरियो खुर्सानी टोक्दै खानु पर्दछ ।
  • सिस्नु नेपालको दूर्गम गाउँको लोकप्रिय तरकारी हो । यस्तो खाना ज्यादै पौष्टिक र ग्यास्टिक तथा सुगर हुनेहरूको लागि ज्यादै उपयोगी हुनुको साथै यसले मोटोपन कन्ट्रोल गर्न मद्दत गर्दछ ।

(आजकल बजारमा सिस्नुको पाउडर पाइन्छ । सबै ठाउँमा ताजा सिस्नु पाउन सकिँदैन ।)

साभार : ‘सजिलो कुकिङ’ पुस्तकबाट

प्रकाशित मिति : २६ असार २०७८, शनिबार  २ : ४५ बजे

टिकट खोसिए पनि थेबेलाई समर्थन गर्न ताप्लेजुङ पुगे भट्टराई

काठमाडौं -ताप्लेजुङबाट टिकट नपाएपनि युवा संघका नेता क्षितिज थेबेलाई सघाउन

महेश बस्नेतको किल्लामा तीन पत्रकारको उम्मेदवारी

काठमाडौं- आगामी फागुन २१ मा आयोजना हुन गइरहेको प्रतिनिधिसभाको निर्वाचनमा

‘संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्ने कुरा मुख्य हो’

स्याङ्जा– नेपाल कम्युनिष्ट पार्टी एमालेका केन्द्रीय सदस्य तथा स्याङ्जा निर्वाचन

पूर्वसभामुख घिमिरे र पूर्वउपसभामुख रानाको उम्मेदवारी मनोनयन दर्ता

झापा – पूर्वसभामुख देवराज घिमिरेले झापा निर्वाचन क्षेत्र नं २

सुडानमा मानवीय संकट पर्ने संयुक्त राष्ट्रसङ्घको चेतावनी

एजेन्सी– सुडानमा चलिरहेको युद्धले गम्भीर मानवीय संकट आउन सक्ने मानव