अमेरिकाले दिन लागेको १५ लाख डोज खोप सोमबार नेपाल आइपुग्ने « Khabarhub

अमेरिकाले दिन लागेको १५ लाख डोज खोप सोमबार नेपाल आइपुग्ने


२६ असार २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अमेरिकाले नेपाललाई अनुदानमा दिन लागेको १५ लाख डोज कोरोनाविरुद्धको खोप आगामी सोमबार बिहान काठमाडौँ आइपुग्ने भएको छ ।

कोभ्याक्स संयन्त्रमार्फत अमेरिकाले नेपाललाई डोज जोन्सन एन्ड जोन्सन खोप उपलब्ध गराउन लागेको हो ।

प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार राजन भटट्राईले अमेरिकाले दिएको १५ लाख डोज खोप सोमबार बिहान नेपाल आइपुग्ने जानकारी दिएका हुन् । जोन्सन एन्ड जोन्सन खोप एक डोज मात्र लगाए पुग्छ ।

गत महिना अमेरिकी राष्ट्रपति जो बाइडेनले नेपालसहितका मुलुकलाई पहिलो चरणमा ८० मिलियन (८ करोड) डोज खोप कोभ्याक्समार्फत उपलब्ध गराउने घोषणा गरेका थिए ।

प्रकाशित मिति : २६ असार २०७८, शनिबार  ३ : ०९ बजे

मधेस प्रदेशका ७२ जना कर्मचारी कारबाहीमा

जनकपुरधाम – मधेस प्रदेश सरकारअन्तर्गत धनुषा जिल्लामा रहेका कार्यालयको छड्के

डिजिटल प्रविधियुक्त नेपाल बनाउन उत्प्रेरित गर्ने उम्मेदवार चयन गर्नुहोला : मन्त्री खरेल

ललितपुर – नेपाल सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री

फेरि पक्राउ परे सेयर कारोबारी दीपेन्द्र अग्रवाल

काठमाडौं- सेयर कारोबारी दीपेन्द्र अग्रवाल फेरि पक्राउ परेका छन् ।

दाङ शाखाको ३३औँ स्थापना दिवस : पत्रकारलाई पेसामा टिकाउन राज्यले लगानी गर्नुपर्ने

देउखुरी– नेपाल पत्रकार महासङ्घका अध्यक्ष निर्मला शर्माले श्रमजीवी पत्रकारलाई पेसामा