मध्यविन्दु नगरपालिकाको एक अर्ब बजेट पारित « Khabarhub

मध्यविन्दु नगरपालिकाको एक अर्ब बजेट पारित


२६ असार २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नवलपुर– मध्यविन्दु नगरपालिकाको नवौँ नगरसभाले आगामी आर्थिक वर्ष २०७८/७९ का लागि रु एक अर्बभन्दा बढीको बजेट पारित गरेको छ ।

नवौँ नगरसभामा नगरप्रमुख चन्द्रबहादुर रानाले प्रस्तुत गरेको रु एक अर्ब दुई करोड ३५ लाख चार हजार ९६५ बराबरको बजेट सर्वसम्मत रुपमा पारित भएको हो ।

नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को मध्यविन्दु नगरपालिकाको नवौँ नगरसभाले चालु खर्चतर्फ रु ५९ करोड ३७ लाख २१ हजार तथा पुँजीगततर्फ रु ४२ करोड ९७ लाख ८३ हजार ९६५ बराबरको अनुमानित बजेट पारित गरेको हो ।

नगरसभाबाट पारित गरिएको बजेटमा आन्तरिक राजश्व सङ्कलन रु १८ करोड ४५ लाख, राजश्व बाँडफाँटतर्फ सङ्घबाट रु ११ करोड ४४ लाख ४५ हजार तथा प्रदेशबाट रु एक करोड ६ लाख ७८ हजार गरी जम्मा रु ३० करोड ९६ लाख २८ हजार बराबरको लक्ष्य राखिएको छ । नगरपालिकाले शिक्षा, स्वास्थ्य र रोजगारलाई प्राथमिकतामा राखेर बजेट निर्माण गरेको रानाले बताए ।

प्रकाशित मिति : २६ असार २०७८, शनिबार  १० : १५ बजे

लागुऔषधसहित विभिन्न स्थानबाट १६ जना पक्राउ

काठमाडौं – प्रहरीले मुलुकका विभिन्न स्थानबाट अवैध लागुऔषधसहित १६ जनालाई

मनास्लु क्षेत्र पुगेका पर्यटक सुरक्षित, चुम उपत्यकाको पदयात्रा स्थगित

गोरखा – बूढीगण्डकी बाढीका कारण प्रभावित मनास्लु क्षेत्रको पदयात्रामा रहेका

बुढीगण्डकी बाढीले गोरखामा अवरुद्ध विद्युत जोड्ने कार्य तीव्र

गोरखा- ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले बुढीगण्डकी तथा यसको सहायक

दाङमा टिप्परको ठक्करबाट बालकको मृत्यु

दाङ – टिपरको ठक्करबाट बालकको मृत्यु भएको छ । घोराही–लमही

चालु आर्थिक वर्षमा साढे ६७ करोडको धान खरिद गरिने

काठमाडौं । सरकारले चालु आर्थिक वर्षमा न्यूनतम समर्थन मूल्यमा १५