बुद्धनगर क्षेत्रको वाग्मती सफाइ, थापाथली किनारमा वृक्षरोपण « Khabarhub

बुद्धनगर क्षेत्रको वाग्मती सफाइ, थापाथली किनारमा वृक्षरोपण


२६ असार २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौँ महानगरपालिका–११ स्थित बुद्धनगर क्षेत्रको नदी किनारमा वाग्मती सफाइ महाअभियानको ४२६औँ हप्ताको सफाइ गरिएको छ ।

सफाइसँगै अभियानकर्मी नारायणकुमार श्रेष्ठको जन्मोत्सवका अवसरमा सोही वडाको थापाथली क्षेत्रमा वृक्षरोपण पनि गरिएको थियो । आँप, कपुर, एभोकाडो, समी र गुर्जोका करीब १५० बिरुवा रोपिएको अभियानकर्मी प्रिया लामिछानेले जानकारी दिइन् ।

सफाइमा पूर्व मुख्यसचिव एवं मुख्य अभियानकर्मी लीलामणि पौडेल, अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका अध्यक्ष उद्धवप्रसाद तिमल्सिना, सदस्य डा माला खरेल, गुर्जो अभियानकर्मी कमलबहादुर राजलवट, पूर्वसहसचिव एवं योग शिक्षक किशोरकुमार जोशी, वडा नं ११ का अध्यक्ष हीरालाल तण्डुकार, अभियानकर्मी डा लक्ष्मी पौडेल, वडा नं ९ का सदस्य टेकराज अधिकारीलगायत जनप्रतिनिधिको सक्रियता थियो ।

सफाइका क्रममा रोपिएका बिरुवाको संरक्षण वडा नं ११ कार्यालयले गर्ने सहमति भएको जनाइएको छ । यसैगरी गुह्येश्वरीमाथिको वाग्मती, रुद्रमती, विष्णुमती, मनोहरा, ललितपुरको गोदावरी खोला, चक्रपथको उत्तर र पश्चिमी खण्डलगायत स्थानमा पनि आज भौतिक दूरी कायम गरी स्वास्थ्य सुरक्षाका मापदण्ड पूरा गरेर सफाइ गरिएको छ । विसं २०७० जेठ ५ गते वाग्मती सफाइ महाअभियान शुरु भएपछि यसका सहायक नदी पनि सफाइ अभियान शुरु भएको हो । हाल उपत्यकाका २० स्थानमा सफाइ भइरहेको छ ।

यसैगरी उपत्यकाबाहिर पनि मुख्य शहर, नदी, सांस्कृतिक सम्पदास्थलमा सफाइ भइरहेको छ । उपत्यका बाहिरसमेत गरी १०७ भन्दा बढी स्थानमा सफाइ भइरहेको महाअभियानले जनाएको छ ।

वाग्मती सफाइ महाअभियान शुरु भएपछि प्रत्येक हप्ता शनिबार बिहान दुई घण्टा ‘राष्ट्रका लागि स्वयंसेवा’ भन्ने नाराका साथ जागरणमूलक अभियान जारी छ । जाडो, गर्मी, वर्षा, घाम, भूकम्प, नाकाबन्दी, कोरोना भाइरसको सङ्क्रमणजस्ता समयमा पनि वाग्मती सफाइ महाअभियान रोकिएको छैन ।

प्रकाशित मिति : २६ असार २०७८, शनिबार  ४ : ०१ बजे

कार्यान्वयनमा ल्याइयो राष्ट्रिय शैक्षिक क्यालेन्डर

काठमाडौं– सरकारले राष्ट्रिय शैक्षिक क्यालेन्डर कार्यान्वयनमा ल्याएको छ । उच्च शिक्षाको

सरकारलाई प्रश्न- सांसदले उठाएका जनताका प्रश्नको जवाफ कहिले दिने ?

काठमाडौं– राष्ट्रियसभाको आजको बैठकमा सांसदले स्थानीय तथा राष्ट्रिय जनसरोकारका विषयमा

लगातार ७ दिन ओरालो लागेको नेप्से ४४ अंकले बढ्यो

काठमाडौं– कारोबारको दिन लगातार सात दिनसम्म ओरालो लागेको नेपाल स्टक

रास्वपाको अनुशासन आयोग प्रमुखमा लेखनाथ पौडेल

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनपछि बसेको

रास्वपा केन्द्रीय समिति बैठक : सचिवालय, पदाधिकारी र केन्द्रीय सदस्य तत्काल मनोनित नगर्ने

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को नवनिर्वाचित केन्द्रीय समितिको