नेपाल पक्षका कार्यदल सदस्यहरू माधव नेपाललाई भेट्न कोटेश्वरमा « Khabarhub

नेपाल पक्षका कार्यदल सदस्यहरू माधव नेपाललाई भेट्न कोटेश्वरमा


२६ असार २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमाले कार्यदलको माधव नेपाल पक्षका नेताहरू कोटेश्वर पुगेका छन् । पार्टीको विवाद समाधान उन्मुख भएको र आज हुने कार्यदलको बैठकले टुंगोमा पुर्‍याउने बताइरहेको अवस्था नेपाल पक्षका कार्यदल सदस्यहरू नेता नेपाललाई भेट्न कोटेश्वर पुगेका हुन् ।

नेताहरू अझै पनि आन्तरिक छलफलमा व्यस्त भएकाले आजको कार्यदल बैठक बस्न ढिलाइ भएको छ ।

बैठकका लागि सिंहदरबार आइसकेका कार्यदलका सदस्य त्यहाँबाट एकसाथ कोटेश्वरतिर लागेका हुन् । उनीहरु एक घन्टापछि आउने भनेर गएको एक नेताले बताए । ओली पक्षका कार्यदल सदस्यहरु भने सिंहदरबारमै छन् ।

एमाले कार्यदलको हिजो बसेको बैठकले पार्टी एकताको अनौपचारिक सहमति गरेको थियो । सहमतिको मस्यौदालाई अन्तिम रूप दिन आज बैठक हुन लागेको हो ।

आजै नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड पनि कोटेश्वर पुगेर नेपाललाई भेटेका थिए । उनले एमालेमा एकता कायम हुन लागेको विषयमा चासो राखेका थिए ।

प्रकाशित मिति : २६ असार २०७८, शनिबार  ४ : ३४ बजे

मानसिक स्वास्थ्य समस्याबारे सचेतना जगाउँदै प्रदेश सरकार

कर्णाली– कर्णाली प्रदेश सरकारले मानसिक स्वास्थ्यलाई प्राथमिकतामा राखी सचेतना कार्यक्रम अगाडि

राष्ट्रसङ्घको ८१औँ महासभा सुरु : ‘विश्व शान्ति र जलवायु परिवर्तन मुख्य एजेण्डा’

न्युयोर्क– संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा मङ्गलबारबाट यहाँ सुरु भएको छ ।

ओलीको माग : भदौ २३-२४ मा हिंसात्मक घटनाका दोषीलाई कारबाही गरियोस्

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले २०८२

खोलाले बगाउँदा किशोर बेपत्ता : खोजी जारी

बाजुरा– खोलाले बगाउँदा यहाँ एक किशोर बेपत्ता भएका छन् ।

उखु किसानको सधैँको पीडा : उद्योगले रकम भुक्तानी नगर्दा ऋण गरेर गर्जो टार्नुपर्ने

सर्लाही– उधारोमा बिक्री गरेको नगदे बाली उखुको भुक्तानी यहाँका किसानका