नागेश्वरी र गोकर्णेश्वरमा ठूलो परिमाणको घरेलु मदिरा नष्ट « Khabarhub

नागेश्वरी र गोकर्णेश्वरमा ठूलो परिमाणको घरेलु मदिरा नष्ट


२६ असार २०७८, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौँ महानगरपालिका – ६ नागेश्वरी र गोकर्णेश्वर नगरपालिका – ६ मा अवैध रुपमा बनाइएको ठूलो परिमाणको घरेलु मदिरा नष्ट गरिएको छ ।

महानगरीय प्रहरी वृत्त बौद्धका प्रमुख प्रहरी नायव उपरीक्षक ढुराण्डीज न्यौपानेको नेतृत्वमा आज खटिएको प्रहरी टोलीले २५० लिटर घरेलु मदिरा र मदिरा बनाउन प्रयोग हुने ११ हजार ५० लिटर कच्चा पदार्थ नष्ट गरेको हो ।

काठमाडौँ महानगरपालिका – ६ नागेश्‍वरी गल्ली स्थित गणेश जिम्बाले सञ्चाल गरेको जिम्बा गलैचा कारखाना, सोही स्थानमा रहेको टहरा र गोकर्णेश्‍वर नगरपालिका वडा नं. ६ स्थित कमल फर्निचर भित्र अबैध रुपमा सञ्चालन गरेको तयारी घरेलु मदिरा नष्ट गरेको प्रहरीले जनाएको छ ।

२५० लिटर घरेलु मदिरा र मदिरा बनाउन प्रयोग हुने कच्चा पदार्थ ११ हजार ५० लिटर फेला पारी जनप्रतिनिधी र स्थानीय बासिन्दाको रोहबरमा सोही स्थानमा पोखी नष्ट गरिएको छ ।

सोही स्थानबाट २०० लिटरको ड्रम ५५ थान, चुल्हो ३ थान, भट्टा ३ थान र ग्यास सिलिण्डर १ थानसमेत बरामद गरिएको प्रहरी वृत्त बौद्धले जानकारी दिएको छ ।

प्रकाशित मिति : २६ असार २०७८, शनिबार  ४ : ५८ बजे

लागूऔषधसहित विभिन्न स्थानबाट चौध जना पक्राउ

काठमाडौं– नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागूऔषधसहित

रविको अभियोगपत्र फिर्ताविरुद्धको रिट पूर्ण इजलासमा पेस गर्न सर्वोच्चको आदेश

काठमाडौं- सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेको

मोडल इभा गिरीले साइन गरिन् ‘पाँच पाण्डव’

काठमाडौं – मोडल तथा सामाजिक सञ्जालकी चर्चित पात्र इभा गिरीले

विपद् जोखिम न्यूनीकरणको तयारी गर्न गृहमन्त्रीको निर्देशन

काठमाडौं– गृहमन्त्री सुधन गुरुङले मनसुनपूर्व नै विपद् जोखिम न्यूनीकरणका लागि

सुटिङअघि नै नीताको डेब्यू निर्देशन रहने फिल्म ‘पार्वती’को प्रदर्शन मिति सार्वजनिक

काठमाडौं – नायिका तथा निर्मात्री नीता ढुङ्गानको डेब्यू निर्देशन रहने