जातीय विभेदविरुद्ध दलित संघर्ष समितिको प्रदर्शन « Khabarhub

जातीय विभेदविरुद्ध दलित संघर्ष समितिको प्रदर्शन


२६ असार २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– देशभर दलित समुदायमाथि भइरहेका जातीय विभेदका घटनाको विरोधमा संयुक्त राजनीतिक दलित संघर्ष समितिले काठमाडौँमा प्रदर्शन गरेको छ ।

जातीय विभेद अन्त्य नभएका कारण विभिन्न घटनाहरु भइरहेको भन्दै उनीहरुले शनिबार काठमाडौँको माइतीघरमा विरोध प्रदर्शन गरेका हुन् । उनीहरुले रुपा सुनार घटनाको निष्पक्ष छानविनको माग गरेका छन् भने शिक्षामन्त्री कृष्ण गोपाल श्रेष्ठले अख्तियार दुरुपयोग गरेको आरोप लगाएका छन् ।

प्रदर्शनमा सहभागीहरुले राज्यले नै दलित विभेदलाई पूर्ण रुपमा अन्त्य गर्न अग्रसर हुनुपर्ने बताएका छन् । त्यस्तै उनीहरुले जातीय विभेद गर्नेलाई कडा भन्दा कडा कारवाहीको व्यवस्था हुनुपर्ने भन्दै अब निरन्तर राज्यलाई खबरदारी गर्ने बताएका छन् ।

प्रदर्शनमा सहभागीहरुले ‘रुपा सुनारलाई न्याय दे, मान्छे भएर बाच्न दे, जुन समाजमा जात छ, विभेदै विभेदको खात छ’ लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए ।

प्रकाशित मिति : २६ असार २०७८, शनिबार  ५ : ४० बजे

नेपाली कांग्रेसको महाधिवेशनमा केन्द्रीय कार्यसमितिको मनोनयन दर्ता सोमबार हुने

काठमाडौं- नेपाली कांग्रेसको आगामी १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचनका

आर्थिक कूटनीतिलाई राष्ट्रिय समृद्धिसँग जोड्नुपर्छः परराष्ट्रमन्त्री खनाल

काठमाडौं- परराष्ट्रमन्त्री शिशिर खनालले नेपालको कूटनीतिलाई राष्ट्रिय आर्थिक हित र

वेत्रावतीमा बेलिब्रिज जडान सुरु, रसुवासँगको सडक सञ्जाल जोडिँदै

काठमाडौं– रसुवामा बाढीका कारण क्षतिग्रस्त गल्छी-वेत्रावती सडकखण्डमा अस्थायी ट्र्याक खुलेसँगै

जगदम्बा मोटर्सले नेपालमा भित्र्यायो स्याकम्यान इलेक्ट्रिक प्राइम मुभर र इलेक्ट्रिक टिपर

काठमाडौं– शंकर ग्रुपअन्तर्गतको जगदम्बा मोटर्सले सान्क्सी अटोमोबाइल ग्रुप (स्याकम्यान) सँगको सहकार्यमा

जैविक मलको प्रयोग बढाउनुपर्छ : मन्त्री चौधरी

रुपन्देही- कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले माटोको उर्वराशक्ति जोगाउन