‘पत्रकारितालाई मर्यादित बनाउनुपर्छ’ « Khabarhub

‘पत्रकारितालाई मर्यादित बनाउनुपर्छ’


२६ असार २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सञ्चार क्षेत्रका विज्ञहरूले पत्रकारिता क्षेत्रलाई मर्यादित बनाउनुपर्नेमा जोड दिएका छन् । प्रेस काउन्सिल नेपालले आज आयोजना गरेको ‘प्रेस स्वतन्त्रताको संरक्षणमा प्रेस काउन्सिलको भूमिका’ विषयक अन्तरक्रियाका वक्ताले पत्रकारिता क्षेत्रलाई मर्यादित र थप जिम्मेवार बनाउनुपर्ने बताएका हुन् । उनीहरूले काउन्सिललाई थप बलियो र स्वायत्त बनाउनुपर्ने सुझावसमेत दिए ।

नेपाल पत्रकार महासङ्घका पूर्वअध्यक्ष तथा नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष डा महेन्द्र विष्टले प्रेस स्वतन्त्रताको सुनिश्चितता कानूनले गर्ने भएको बताउँदै कानून निर्माण प्रक्रियामा नै काउन्सिल सचेत हुनुपर्ने बताए ।

महासङ्घका पूर्वअध्यक्ष शिव गाउँलेले काउन्सिलको कार्यक्षेत्र आचारसंहिता अनुगमन भएको र सोही विषयमा काउन्सिल केन्द्रित हुनुपर्ने सुझाव दिए । प्रेस चौतारीका अध्यक्ष गणेश बस्नेतले सामाजिक सञ्जालको नियमन गर्दा काउन्सिलले थप अध्ययन गर्नुपर्ने बताए ।

छापा माध्यम राष्ट्रिय सञ्जालका अध्यक्ष देवप्रकाश त्रिपाठीले व्यक्तिगत सञ्चार र जिम्मेवार सञ्चारबीचको भेद छुट्याउनुपर्ने बताए । उनले भने, “जो पनि पत्रकार हुने स्थितिले पत्रकारिता मर्यादित र विश्वसनीयता घटेको छ । पर्सनल मिडिया र रेस्पोन्सिवल मिडिया छुट्याउनुपर्छ”। पत्रकार तीर्थ कोइरालाले काउन्सिलले मिडिया उपभोक्ताको कुरा सुन्नुपर्ने, उनीहरूले सही सूचना पाए/नपाएको हेर्नुपर्ने बताए । कार्टुनका विषयमा आचारसंहिता आकर्षित नहुने भन्दै उनले काउन्सिल पत्रपत्रिका वर्गीकरणको कामबाट अलग्गिनुपर्ने धारणा राखे ।

महासङ्घका पूर्वमहासचिव उजिर मगरले प्रदेश सरकारले नयाँ नीति ल्याएर नियमनकारी निकाय गठन गरेकाले काउन्सिलको भूमिकामा चुनौती थपिएको बताए । पत्रकार बबिता बस्नेतले काउन्सिलको स्वायत्ततामा प्रश्नचिह्न उठेको भन्दै व्यक्तिको सामाजिक सञ्जालमाथिको निगरानीमा काउन्सिलले हात हाल्न नहुने बताइन् ।

सञ्चारिका समूहकी अध्यक्ष नितु पण्डितले भावनात्मक विषय र व्यावसायिक आचारसंहितालाई नियम तथा कार्यविधिमा कसरी संरचनाभित्र ल्याउने भन्ने विषयमा छलफल आवश्यक रहेको बताइन् ।

प्रकाशित मिति : २६ असार २०७८, शनिबार  ८ : १५ बजे

कोरियाली राजदूतद्वारा परराष्ट्र सचिवसँग बिदाइ भेट

काठमाडौं– नेपालका लागि गणतन्त्र कोरियाका राजदूत तेयोङ पार्कले परराष्ट्र सचिव

काठमाडौंका सडकमा असरल्ल तार (तस्बिरहरू)

काठमाडौं– काठमाडौँका बजार क्षेत्र टेलिफोन, इन्टरनेट र बिजुलीका अव्यवस्थित तारले

दुई सय सात किलो गाँजासहित एकजना पक्राउ

काठमाडौं– नियमित गस्तीमा रहेको प्रहरीले टोलीले पर्साको बिन्दवासिनी गाउँपालिका–५ बाट

युरोपमा ‘नेपाल टेक रोडशो २०२६’ आयोजना हुँदै, नेपाली आईटी कम्पनीलाई विश्व बजारसँग जोड्ने लक्ष्य

काठमाडौं– नेपाल एसोसिएसन फर सफ्टवेयर एन्ड आईटी सर्भिसेस कम्पनीज् (नास

विराटनगरमा सबैभन्दा बढी वर्षा

काठमाडौं– देशका विभिन्न भागमा स्थापना भएका  वर्षा मापन केन्द्रमध्ये सबैभन्दा