…त्यसपछि खुशी बोकेर फर्किए समिर « Khabarhub

…त्यसपछि खुशी बोकेर फर्किए समिर


२६ असार २०७८, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धनुषा– उपचार खर्च तिर्न नसक्दा जनकपुरको एक निजी अस्पतालमा धनुषाको क्षीरेश्वरनाथ नगरपालिका–५ महेन्द्रनगर कुचाइटोलकी ३० वर्षीया सुत्केरी बेगम खातुन चार दिनदेखि अस्पतालकै शय्यामा थिइन् ।

सामान्य मजदुरी गरेर दैनिकी जुटाउने श्रीमान् मोहम्मद समिर नदाफले पैसाको जोहो गर्न गरेको प्रयास विफल भएपछि शुक्रबार बाध्य भएर मिडियामा गुहार माग्न पुगे । राससमार्फत समाचार सार्वजनिक भयो । मिडियामार्फत जानकारी पाएर प्रधानमन्त्रीपत्नी राधिका शाक्यले तत्कालै चासो देखाइन् ।

असहाय, असक्त, अभिभावकविहीन तथा बेसहाराको सारथी बन्दै आएकी शाक्यले व्यक्तिगतरूपमा खर्च व्यहोर्ने आश्वासन दिएर स्थानीय प्रहरीमार्फत पहल गरेकी थिइन् । त्यसपछि बेगम घर फर्किन सफल भएकी हुन् । “अनलाइनमा पढेको र खोजी गर्दा कुरा सत्य भएको पत्ता लागेपछि तत्कालै समस्या समाधानका लागि पहल गर्न लगाएको शाक्यले सुनाइन् ।

प्राप्त जानकारीअनुसार अस्पताल प्रशासनले नै बाँकी रकम मिनाहा गरिदिएर उनलाई घर पठाइएको हो । श्रीमती र बच्चा स्याहार्दै गर्दा टेलिफोन कुराकानीमा समिरले भने, “मेरो खुशी कति छ भन्ने कुरा कसरी भनौँ, सबैको सहयोगले सुत्केरी ल्याउन पाएँ उहाँहरूलाई धन्यवाद भन्छु ।”

पहिले पैसा माग्ने अस्पताल प्रशासनले समेत अब पैसा पर्दैन जानुस् भनेपछि शुक्रबार जुम्ल्याहा बच्चा र श्रीमतीसहित घर फर्किएको सुनाउने मोहम्मदलाई कसले पैसा तिर्‍यो भन्नेबारेमा ज्ञान छैन । “पैसा सबै भइसक्यो, तपाईँ जानुस् भन्नुभयो, अनि घर हिँडेको”, उनले भने ।

सुत्केरी बेथा लागेपछि गएको असार १७ गते बेगम अस्पताल भर्ना भएकी थिइन् । शल्यक्रिया गरी जुम्ल्याहा बच्चा जन्मिएपछि असार २१ गते नै अस्पतालले डिस्चार्ज गरेको तर अस्पताललाई रु एक लाख १० हजार उपचार खर्च बुझाउन नसक्दा चार दिनदेखि उनले शय्या छाड्न पाएकी थिइनन् ।

जन्मेपछि पनि एनआइसीयूमा राखेर नवजात शिशुको उपचार गर्नुपरेकाले उपचार खर्च बढेको अस्पताल प्रशासनको भनाइ छ । उक्त विषयमा समाचार प्रकाशित भएको थियो । त्यसको केही घण्टाभित्रै प्रधानमन्त्री पत्नी शाक्यलगायत मनकारीहरूबाट आवश्यक पहल शुरु भएको थियो ।

“तपाईँहरूले मेरो परिवारलाई ठूलो गुन लगाउनुभयो, जिन्दगीमा भुल्दैनौँ, एउटा समाचारले हाम्रो लागि दुनियाँ नै बदलिएको महसुस गर्‍यौँ”, अस्पताल परिसरबाट जुम्ल्याहा बच्चासहित श्रीमती लिएर घर फर्कने क्रममा उनले भने ।

उनले झण्डै ६० देखि ७० हजार तिर्नु नपरेको जानकारी दिए । दैनिक ज्याला मजदुरी गरी जीविकोपार्जन गर्दै आएका समिरको न आफ्नो घर छ र न त काम । दैनिक ज्याला मजदुरी गरी हातमुख जोर्ने गरेका उनको परिवारलाई धेरै दिन निषेधाज्ञाका कारण काम नपाएर छाक टार्न मुस्किल परेको थियो ।

पैसा खोज्न चन्दा सङ्कलन गर्दैगर्दा उपचार खर्च मिनाहा गर्ने घोषणाले ठूलो राहत मिलेको समिरले सुनाए । आफूसँग भएको थोरै पैसा सकेपछि उनी चन्दा सङ्कलनमा लागेका थिए ।

आर्या केयर अस्पतालका व्यवस्थापक उज्वल झाले शुरुमा कुनै जानकारी नभए पनि समाचार आएपछि खोजबिन गर्दा गरिब परिवारको मान्छे भएर पैसा मिनाहा गरेको बताए । “आर्थिक अभावमा चन्दा सङ्कलन गरिरहेको थाहा पाएँ, अनि लागेको खर्च छुट गरेर, घर पठाएका हौँ”, उनले भने । अस्पतालले समाजिक उत्तरादायित्व बहन गर्दै छुट गरेको जनाएको छ । बेगमले आवश्यक सहयोग प्राप्त हुँदा ठूलो खुशी मिलेको सुनाइन् । –रासस

प्रकाशित मिति : २६ असार २०७८, शनिबार  ७ : ११ बजे

तिब्बतले दियो नेपाललाई बेली ब्रिजसहित आपत्कालीन राहत सामग्री

काठमाडौं – चीनको स्वायत्त क्षेत्र सिचाङ (तिब्बत)ले नेपालमा आएको प्राकृतिक

माथिल्लो त्रिशूली १ मा भेटियो ६ जनाको शव

काठमाडौँ । बाढीले क्षतिग्रस्त माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनामा शुक्रबार पनि

भोटेकोशीमा ज्यान गुमाउनेको संख्या १३ सय नाघ्यो

काठमाडौँ । रसुवा भोटेकोसी नदीमा आएको बाढीमा परी मृत्यु हुनेको

बाढी प्रभावित बालबालिकालाई प्रधानमन्त्रीले भने : ‘सुरक्षित भविष्यका लागि हामी लागिरहेका छौँ’

काठमाडाैं – प्रधानमन्त्री वालेन्द्र शाहले श्रीकृष्ण जन्माष्टमीका अवसरमा रसुवा–भोटेकोशी बाढीबाट

१२ सीडीओसहित २३ सहसचिव-उपसचिवको सरुवा

काठमाडौँ । गृह मन्त्रालयले विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ)