प्रचण्डसँगको भेटबारे नेपालको सचिवालयले भन्यो : अन्य विषयमा छलफल भएको छैन « Khabarhub

प्रचण्डसँगको भेटबारे नेपालको सचिवालयले भन्यो : अन्य विषयमा छलफल भएको छैन


२६ असार २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच आज भएको भेटबारे नेपालको सचिवालय स्पष्ट पारेको छ ।

एमाले कार्यदलले पार्टी विवादलाई सहमतिको अन्तिम टुंगोमा पुर्‍याउँदै गर्दा नेता नेपाल र प्रचण्डबीचको भेटले विभिन्न शंका उब्जाएको अवस्थामा नेपालको सचिवालयले भेटबारे स्पष्ट पारेको हो ।

सचिवालयका तर्फबाट स्वकीय सचिव मोहन गौतमले जारी गरेको विज्ञप्तिमा अध्यक्ष प्रचण्ड नेता नेपालको स्वास्थ्य अवस्थाबारे जानकारी लिन कोटेश्वर पुगेको र अन्य राजनीतिक विषयमा छलफल नभएको स्पष्ट गरिएको छ ।

‘पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल विगत केही दिन यता स्वास्थ्यमा समस्या (जनै खटिरा) आई चिकित्सकको सल्लाह अनुसार घरमै आराम गरिरहनुभएको छ । आज नेकपा माओवादी केन्द्रका अध्यक्ष कमरेड पुष्पकमल दाहाल ‘प्रचण्ड’ कोटेश्वर निवासमा पुगी उहाँको स्वास्थ्य अवस्थाको बारेमा जानकारी लिनुका साथै स्वास्थ्यलाभको कामना गर्नुभएको छ । उहाँको स्वास्थ्य समस्याका कारण आज संक्षिप्त भेट भएको र अन्य विषयमा कुरा नभएको स्पष्ट पार्दछु’, गौतमले विज्ञप्तिमा भनेका छन् ।

प्रकाशित मिति : २६ असार २०७८, शनिबार  ७ : ५४ बजे

जलवायुजन्य विपतका प्रभावितलाई न्यायको माग गर्दै वसन्तपुरमा दीप प्रज्वलन (तस्बिरहरू)

काठमाडौं– जलवायु परिवर्तनका कारण बढ्दो विपद् र जलवायु न्यायको माग

नेपाली कांग्रेसको महाधिवेशनमा केन्द्रीय कार्यसमितिको मनोनयन दर्ता सोमबार हुने

काठमाडौं- नेपाली कांग्रेसको आगामी १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचनका

आर्थिक कूटनीतिलाई राष्ट्रिय समृद्धिसँग जोड्नुपर्छः परराष्ट्रमन्त्री खनाल

काठमाडौं- परराष्ट्रमन्त्री शिशिर खनालले नेपालको कूटनीतिलाई राष्ट्रिय आर्थिक हित र

वेत्रावतीमा बेलिब्रिज जडान सुरु, रसुवासँगको सडक सञ्जाल जोडिँदै

काठमाडौं– रसुवामा बाढीका कारण क्षतिग्रस्त गल्छी-वेत्रावती सडकखण्डमा अस्थायी ट्र्याक खुलेसँगै

जगदम्बा मोटर्सले नेपालमा भित्र्यायो स्याकम्यान इलेक्ट्रिक प्राइम मुभर र इलेक्ट्रिक टिपर

काठमाडौं– शंकर ग्रुपअन्तर्गतको जगदम्बा मोटर्सले सान्क्सी अटोमोबाइल ग्रुप (स्याकम्यान) सँगको सहकार्यमा