खोप नलगाइ परीक्षा नदिने भन्दै विद्यार्थीको प्रदर्शन | Khabarhub Khabarhub

खोप नलगाइ परीक्षा नदिने भन्दै विद्यार्थीको प्रदर्शन


२६ श्रावण २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कोरोनाविरुद्धको खोप अनिवार्य उपलब्ध गराएर मात्र परीक्षामा सहभागी गराउन माग गर्दै विद्यार्थीले प्रदर्शन गरेका छन् ।

मंगलबार काठमाडौँको बागबजारस्थीत पद्मकन्या क्याम्पसमा परीक्षा केन्द्र परेका विद्यार्थीहरूले कोरोना महामारीको जोखिमका बीच पनि परीक्षा सञ्चालन गरिएको भन्दै प्रदर्शन गरेका हुन् ।

उनीहरूले नो भ्याक्सीन नो इक्जाम भन्दै नारावाजी गरेका थिए । गेटबाहिर विद्यार्थी र स्वयं परीक्षार्थी प्रवेश पत्र बोकेर परीक्षा रोक्न माग गर्दै विरोधमा उत्रिएपछि प्रहरीले हस्तक्षेप गरेको थियो ।

परीक्षा केन्द्रमा भौतिक दूरी कायम हुन नसकेको यसले गर्दा कोरोनाको जोखिमको खतरा भएको विद्यार्थीहरूको भनाइ छ । कोरोनाका कारण राष्ट्रिय परिक्षा बोर्ड कक्षा १२ को परिक्षा स्थगन गरेपनि त्रिभुवन विश्वविद्यालयले पूर्वनिर्धारित भदौ ५ सम्मको परीक्षालाई भने सञ्चालन गरेको छ ।

प्रकाशित मिति : २६ श्रावण २०७८, मंगलबार  २ : १३ बजे

हमासको अपहरणमा परेका तीन इजरायली बन्धकको शव भेटियो

तेल अभिभ – इजरायली सेनाले (आईडीए) ले आइतबार बिहान अपहरणपछि

वृद्धभत्ता पाउने उमेर ६८ वर्ष नै बनाउनुपर्छ : सांसद खतिवडा 

काठमाडौं– सांसदहरूले संसद्मा बजेटमाथि छलफल भएपछि अर्धविराम र पूर्णविराम पनि परिवर्तन

पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव थापासहित १६ विरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौँ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पशुपति क्षेत्र विकास कोषका

विद्युत प्राधिकरणले खाल्डो पुर्न बिर्सँदा…(तस्बिरहरू)

काठमाडौँ – नेतृत्व फेरिएसँगै तारन्तार बिजुली काटेर लोडसेडिङजस्तै स्थिति निम्त्याएको

सुदूरपश्चिम सरकारले केबुलकार निर्माणका लागि सम्भाव्यता अध्ययन गर्ने

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेश सरकारले महत्त्वपूर्ण धार्मिक तथा पर्यटकीय क्षेत्रमा केबुलकार