नेप्सेमा उछाल, बजार पूँजीकरण ४४ खर्ब १३ अर्ब « Khabarhub

नेप्सेमा उछाल, बजार पूँजीकरण ४४ खर्ब १३ अर्ब


२६ श्रावण २०७८, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज उच्च अङ्कले वृद्धि भएको छ ।

लगातार उकालो लाग्दै आएको नेप्सेमा उछाल देखिएको हो । विकास बैंक, वित्त, निर्जीवन बीमा र जीवन बीमा उपसमूहको शेयरका लगानीकर्ताको तीव्र आकर्षण देखिँदा नेप्सेसमेत नयाँ उचाइमा पुगेको हो ।

नेपाल स्टक एक्सेचञ्जका अनुसार आज ५१.८६ बिन्दुले बढेर तीन हजार १६१.४४ मा पुगेको छ । यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापक सेन्सेटिभ परिसूचक १२ बिन्दुले बढेर ५८७.९५ मा पुगेको कूल २२५ कम्पनीको तीन करोड ३५ लाख ३५ हजार २१३ कित्ता शेयर रु १७ अर्ब ८४ करोड ६१ लाख ४७ हजार २७९ मूल्यमा खरिद बिक्री भयो । मङ्गलबारको कारोबारपछि बजार पूँजीकरण रु ४४ खर्ब १३ अर्ब १८ करोड तीन लाख २० हजार बराबर पुगेको छ ।

कारोबार भएका १३ उपसमूहमध्ये आज तीन उपसमूहको शेयर मूल्य ओरालो लागेको छ भने १० उपसमूहको शेयर उकालो लागेको छ । व्यापार ६७.२८, होटल तथा पर्यटन ८.७८ र जलविद्युत् ३.०१ बिन्दुले घटेको छ । बैंकिङ ३९.०४, विकास बैंक ४०६.४४, वित्त १९०.६४, निर्जीवन बीमा १४२.३३, उत्पादन ४४.५४, अन्य ६.८३, लघुवित्त ७३.४४, जीवन बीमा २११ं७२, सामूहिक लगानीकोष ०.०७ र लगानी २.१५ अङ्कले बढेको छ ।

कारोबारका आधारमा माथिल्लो तामाकोशी जलविद्युत् कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको रु ८९ करोड ५८ लाख ९३ हजार ५३६ बराबरको कारोबार भयो । अरुण भ्याली हाइड्रोपावर कम्पनी रु ५३ करोड सात लाख ७८ हजार ५४५, अपि पावर कम्पनी रु ५१ करोड ९२ लाख ६८ हजार ६१७, ज्योति विकास बैंक रु ४८ करोड ८४ लाख ३८ हजार ४१७ र अरुण काबेली पावर रु ४१ करोड ५२ लाख ८५ हजार ५७७ बराबरको कारोबार भई शीर्ष स्थानमा रहेको छ ।

१३ कम्पनीको शेयरमा सर्किट

नेप्सेका अनुसार आजको कारोबारमा विभिन्न १३ कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ । बेस्ट फाइनान्स, श्री इन्भेस्टमेन्ट फाइनान्स, सेन्ट्रल फाइनान्स, गुह्यश्वरी मर्चेन्ट बैंक, आइसिएफसी फाइनान्स, प्रोगेसिभ फाइनान्स, महालक्ष्मी विकास बैंक, ज्योति विकास बैंक, कामना सेवा विकास बैंक, सिन्धु विकास बैंक, जीवन विकास लघुवित्त, साइन रेसुङ्गा डेभलपमेन्ट बैंक र युनियन लाइफ इन्स्योरेन्सको शेयरमा सकारात्मक सर्किट लागेको छ ।

यस्तै, साञ्जेन जलविद्युत् कम्पनी ५.१६, सिनर्जी पावर ४.७१, खानीखोला हाइड्रोपावर ४.२५, पञ्चकन्या माई ४.११ र घलेम्दी हाइड्रोपावरका लगानीकर्ताले ४.०२ प्रतिशतले गुमाए ।

प्रकाशित मिति : २६ श्रावण २०७८, मंगलबार  ६ : २० बजे

तनहुँमा गाडीको ठक्करबाट स्कुटरमा सवार दुई जनाको मृत्यु

तनहुँ – तनहुँको शुक्लागण्डकी नगरपालिका–५ गाछेपानीमा आज दिउँसो गाडी दुर्घटना

देशको आर्थिक विकासका निम्ति निजी क्षेत्रलाई समेट्नुपर्छ : मनिष झा

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरुले सामाजिक न्यायसहित मुलुकको

इस्लामावादमा अमेरिका र इरानबीच उच्च तहको वार्ता जारी

काठमाडौं – इस्लामावादमा इरान र संयुक्त राज्य अमेरिका बीच जारी

कोहलपुरमा टिपरको ठक्करबाट आमाको मृत्यु, छोरा घाइते

नेपालगञ्ज – बाँकेको कोहलपुर नगरपालिका–१५, अक्कलघरवामा आज टिपरले मोटरसाइकललाई ठक्कर

आईपीएल : पञ्जाब किङ्सको उत्कृष्ट जित, हैदरावाद ६ विकेटले पराजित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) को जारी सिजनमा पञ्जाब