मुख्यमन्त्री पोखरेलद्वारा खोप केन्द्रको अनुगमन « Khabarhub

मुख्यमन्त्री पोखरेलद्वारा खोप केन्द्रको अनुगमन


२६ श्रावण २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कास्की- गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले पोखराका विभिन्न खोप केन्द्रमा अनुगमन गरेका छन् ।

कोरोनाविरुद्धको खोप सञ्चालन भइरहेका केन्द्रमा भीडभाड बढेको, घण्टौँसम्म लाइनमा बस्नुपरेकोलगायत गुनासा आएपछि उनले आज आकस्मिकरुपमा स्थलगत अनुगमन गरेका हुन् ।

मुख्यमन्त्री पोखरेलले पोखराको वडा नं ७ को रत्नचोकस्थित खोपकेन्द्र, वडा नं ८ को सहरी स्वास्थ्य प्रवद्र्धन केन्द्र र वडा नं १ को खोप केन्द्रमा निरीक्षण गरी त्यहाँको वस्तुस्थितिका बारेमा जानकारी लिए ।

त्यस्तै लाइनमा बसेका सेवाग्राही, खोप लगाइसकेका व्यक्ति र खोप लगाउने काममा संलग्न स्वास्थ्यकर्मीसँग पनि केन्द्रमा भएको व्यवस्थापन, समस्या र चुनौतीका बारेमा पनि उनले जानकारी लिएका छन् ।

मुख्यमन्त्री पोखरेलले भीड नियन्त्रणका लागि खोप केन्द्र बढाउन र लाइन व्यवस्थित गर्नका लागि तत्काल प्रहरी सङ्ख्या बढाउन प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतम र कास्कीका प्रहरी उपरीक्षक रमेश थापालाई निर्देशन दिए ।

सङ्घ र प्रदेश सरकारले खोेप अभियानलाई प्राथमिकतामा राखेको भन्दै अब विस्तारै सबै उमेर समूहलाई पुग्ने गरी आउने भएकाले भीडभाड नगरिदिन सर्वसाधारणलाई अनुरोध गर्दै उनले भने, “उमेर समूहअनुसार हामीले खोप वितरण गरेका छौँ, बाँकी रहेको केही खोप प्राथमिकताकै आधारमा उपलब्ध गराएका छौँ, हतार नगरी दिनुहोला, प्रदेशवासीलाई खोप दिलाउने जिम्मा प्रदेश सरकारको हो ।”

खोप समयमा नआएको, लामो समयसम्म लाइनमा बस्दा पनि खोप नपाइएको, खोप बोक्ने गाडी पर्याप्त नहुँदा धेरै बेरसम्म कुर्नुपरेको गुनासो सेवाग्राहीको थियो ।

अनुगमनमा शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकासमन्त्री मेखलाल श्रेष्ठ, मुख्यमन्त्रीका राजनीतिक सल्लाहकार खड्गबहादुर कमाल, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव विनोदविन्दु शर्मा, प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतम, जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी उपरीक्षक थापा, जिल्ला स्वास्थ्य कार्यालय र महानगर स्वास्थ्य महाशाखा प्रमुख सहभागी  भएका थिए ।

प्रकाशित मिति : २६ श्रावण २०७८, मंगलबार  ९ : १५ बजे

भारतमा १० जना माओवादीलाई मृत्युदण्डको सजाय

नयाँदिल्ली– भारतको एक विशेष अदालतले सन् २०१३ मा कङ्ग्रेस पार्टीका

देशले प्राकृतिक विपद्बाट ठूलो क्षति व्यहोर्नुपर्यो : बिजुक्छे

भक्तपुर– नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले देशले विभिन्न

बाढीपीडितका लागि हिमालय एयरलाइन्सका कर्मचारीको १३ लाख सहयोग

काठमाडौं– भोटेकोशी बाढीबाट प्रभावित नागरिकलाई राहत उपलब्ध गराउने तथा पुनःस्थापनामा

सम्झौतामाथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत

काठमाडौं– प्रतिनिधिसभाबाट ‘संयुक्त राष्ट्र सङ्घीय सामुद्रिक कानुनसम्बन्धी महासन्धिअन्तर्गतको राष्ट्रिय क्षेत्राधिकारभन्दा

अशोकसँगको सम्बन्धमा किन आयो दरार ? टंक भन्छन्- ‘सडकको बच्चालाई हिरो बनाएर गल्ती गरेँ’

बाल गायकका रूपमा चर्चामा आएका अशोक दर्जीलाई सडकबाट ल्याएर संरक्षण