बन्द प्रशिक्षणका लागि राष्ट्रिय फुटबल टोली पोखरामा « Khabarhub

बन्द प्रशिक्षणका लागि राष्ट्रिय फुटबल टोली पोखरामा


२६ श्रावण २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली राष्ट्रिय पुरुष फुटबल टोली बन्द प्रशिक्षणका लागि पोखरा पुगेको छ । राष्ट्रिय टोलीका खेलाडी तथा अफिसियलसहितको टोली आज साँझ हवाईमार्गबाट पोखरा पुगेको हो ।

भोलिदेखि दुई साता पोखराको अन्तर्राष्ट्रिय फुटबल रङ्गशालामा बन्द प्रशिक्षण सञ्चालन हुनेछ ।

नेपाली टोली दक्षिण एशियाली फुटबलको सर्वोच्च प्रतियोगिता साफ च्याम्पियनसीपको तयारीमा छ । आगामी अक्टोबर १ देखि १३ तारिखसम्म माल्दिभ्समा सो प्रतियोगिता हुने तय भएको छ ।

टोलीलाई पोखरा विमानस्थलमा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष तोरणबहादुर बानियाँ, जिल्ला फुटबल सङ्घका अध्यक्ष मिलन गुरुङलगायतले स्वागत गरेका थिए ।

राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा ३७ खेलाडीको सहभागिता रहने छन् ।

टोलीको प्रशिक्षणलाई लक्ष्य गरी कास्की जिल्ला फुटबल सङ्घले रङ्गशालामा आवश्यक सबै तयारी पूरा गरिएको छ । फुटबल रङ्गशालामा दुवो कटान, मैदान मार्किङलगायतका काम सम्पन्न गरिएको जिल्ला फुटबल सङ्घका अध्यक्ष गुरुङले जानकारी दिए ।

टोलीका प्रमुख प्रशिक्षक अब्दुल्लाह अलमुताइरीलगायतका अन्य प्रशिक्षकले प्रशिक्षण गराउनेछन् ।

राजधानी बाहिर पर्यटकीय शहर पोखरामा सञ्चालन हुने प्रशिक्षणले खेलाडीलाई शारीरिक र मानसिकरुपमा तयार बन्न र उच्चस्तरको खेल प्रतिभा देखाउन सक्षम बनाउने विश्वास लिइएको छ । टोलीले पोखरामा अन्तर्राष्ट्रिय फुटबल रङ्गशालासहित नेपाली सेनाको विजयपुर ब्यारेक, सशस्त्र प्रहरीको खेल मैदान र सहारा एकेडेमीको मैदानमा अभ्यास गर्नेछ ।

यसअघि गत वर्ष माघमा तीन साता राष्ट्रिय टोलीको पोखरामा बन्द प्रशिक्षण सञ्चालन भएको थियो । सन् २०२२ मा कतारमा हुने विश्वकप फुटबल तथा चीनमा सन् २०२३ मा हुने एशियन कपको छनोट चरणको प्रतियोगिता अघि टोली पोखरा आएको थियो ।

प्रकाशित मिति : २६ श्रावण २०७८, मंगलबार  ८ : १२ बजे

वीरगञ्ज भन्सारबाट नौ महिनामा एक खर्ब ७७ करोड राजस्व सङ्कलन

वीरगञ्ज– वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्ष (आव)को नौ महिनामा

आजको मौसम : तराई क्षेत्रमा तातो लहरको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

राहुघाट जलविद्युत् आयोजना : ९५ प्रतिशत भौतिक प्रगति

म्याग्दी– नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवर्द्धक रहेको

त्रिभुवन विमानस्थल राति सात घण्टा बन्द

काठमाडौँ– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल रातको समयमा दैनिक सात घण्टा बन्द

विशेषज्ञ वडा स्वास्थ्य क्लिनिक : २७ हजार बढी लाभान्वित

कैलाली– कैलालीको धनगढी उपमहानगरपालिकाले सञ्चालनमा ल्याएको विशेषज्ञ वडा स्वास्थ्य क्लिनिक