साना बालबालिका राखेर गाडी चलाउँदा ध्यान दिनुपर्ने कुरा | Khabarhub Khabarhub

साना बालबालिका राखेर गाडी चलाउँदा ध्यान दिनुपर्ने कुरा


२५ भाद्र २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हरेक मानिसको चाहाना हुन्छ, आफ्ना सन्तानलाई आरामदायी सवारी जस्तै कारमा राखेर कतै घुमाउन लैजाने । तर जान अन्जानमा हुने केही गल्ती कारण मानिसले कारमा साना बालबालिका राखेर चलाउँदा समस्या भोग्नु पर्दछ । यस्तोमा कारमा साना बच्चा राख्दा के के कुरामा ध्यान दिने भन्ने बारे बुझ्न जरुरी छ ।

– कार कतै रोक्नु परे बच्चा सुरक्षित पारेर, झ्यालको लक नखुल्ने गरी तर सिसा खोलेर राख्नु पर्दछ ।

– बच्चासंग कुराकानी गर्दा उनिहरुसंग खेल्ने गर्नु हुदैँन, अन्यथा दुर्घटना हुने जोखिम हुन्छ ।

– कारमा बच्चा राखेर निस्कदा बच्चा आफुसंगैको सिटमा राख्नु पर्दछ । एक्लो छाड्नु हुन्न ।

– बच्चालाई आफ्नै साथमा राख्न सम्भव नभए साइड लक, सेन्टर लक तथा विन्डोज लक गरेर पछाडि राख्नु सुरक्षित हुन्छ ।

– यात्रामा दुई बच्चा छन् भने ठूलो बच्चालाई सानो बच्चाको केयर गर्न भन्नुपर्छ ।

– यात्रा अवधिमा बालबालिकाको मनोविज्ञान बुझेर निरन्तर कुराकानी गरिराख्नुपर्छ ।

– बालबालिकालाई सुरक्षित राख्ने सिट लगाउन भुल्नु हुदैँन ।

– तर, बेल्टले शरीर धेरै कस्नु हुँदैन । सुरक्षित सिट बच्चाको उमेरअनुसार चयन गर्नुपर्छ ।

– बच्चा राख्ने केही आरामदायी सिट पाइन्छ, सम्भव भए तिनको प्रयोग गर्न सकिन्छ ।

– तर, यस्तो सिट प्रयोग गर्दा एयरब्याग भने डिएक्टिभेट गर्नु राम्रो हुन्छ ।

– यात्रा गर्दा बच्चाले आफ्नो मनपर्ने वस्तु साथमै राख्न रुचाउँछन् । त्यसैले, उनीहरूको मनपर्ने खेलौना सामग्री साथमा राख्नुपर्छ । यसो गरे उनीहरु खुसी हुन्छन् ।

– सिटमा उनीहरूलाई हानि पुर्‍याउने कुनै पनि सामग्री राख्नु हुँदैन । विभिन्न एजेन्सीको सहयोगमा

प्रकाशित मिति : २५ भाद्र २०७८, शुक्रबार  ६ : ०० बजे

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौं – आज २०८२ साल कात्तिक ४ गते मंगलबार। कात्तिक

आज २०८२ साल कात्तिक ४ गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८२ साल कात्तिक ४ गते मंगलबार। कात्तिक

लक्ष्मी पूजामा विद्युतको उच्च माग १६५० मेगावाट, भारततर्फ १०१५ मेगावाट निर्यात

काठमाडौं – यस वर्षको तिहारको लक्ष्मीपूजाका दिन देशभरको विद्युत् उच्च

तनहुँ दुलेगौडास्थित एक घरमा आगलागी

दमौली – तनहुँको शुक्लागण्डकी नगरपालिका–४ दुलेगौडास्थित एक घरमा आज साँझ

कारको ठक्करबाट स्कुटर चालकको मृत्यु

काठमाडौं – काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका–६ मुलपानी नर्लिङगेटस्थित सडकमा कारको