आजको मौसम: देशका केही ठाउँमा हल्का वर्षा « Khabarhub

आजको मौसम: देशका केही ठाउँमा हल्का वर्षा

अब तीन दिन ठूलो पानी पर्ने सम्भावना छैन

२५ भाद्र २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट

0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– आज देशभरका अधिकांश स्थानको मौसम सफा रहने छ । केही स्थानमा भने हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

हाल नेपालमा भारतको मध्य प्रदेश आसपासमा अवस्थित न्युन चापिय क्षेत्रको प्रभाव छ। साथै मनसुन न्यूनचापीय रेखा औसत स्थान नजिक छ ।

अहिले बिहान कर्णाली र सुदूरपश्चिका थोरै स्थानमा हल्का वर्षा भएको छ । दिउँसो पनि केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविद् समीरकुमार श्रेष्ठले जानकारी दिए । श्रेष्ठका अनुसार अब तीन दिनसम्म ठूलो पानी पर्ने सम्भावनादेखिएको छैन ।

आगामी तीन दिनको मौसम पूर्वानुमान

२०७८ भदौ २५ गते (शुक्रबार)

दिउँसो: देशभर सामान्य बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

राति: देशभर सामान्य बदली रही केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

२०७८ भदौ २६ गते (शनिबार)

दिउँसो: देशभर सामान्य बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

राति: देशभर सामान्य बदली रही केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

२०७८ भदौ २६ गते (आईतबार)

दिउँसो: देशभर सामान्य बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

राति: देशभर सामान्य बदली रही केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

प्रकाशित मिति : २५ भाद्र २०७८, शुक्रबार  ७ : ३५ बजे

भारतमा ६० जना कानुन व्यवसायी पक्राउ

काठमाडौं- भारतमा प्रदर्शन जारी रहँदा राजधानी दिल्लीमा प्रहरीले सर्वोच्च अदालत

निसीखोलामा बाढीपहिरोबाट १० करोडको क्षति

बागलुङ– बाढीपहिरोबाट जिल्लाको निसीखोला गाउँपालिकामा झण्डै १० करोडको क्षति पुगेको

सरकारी सफ्टवेयर र हार्डवेयर खरिदसम्बन्धी अध्ययन गर्न मन्त्रालयद्वारा समिति गठन

काठमाडौं- भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले

वर्षापछि सिरहा सदरमुकाम डुबानमा, सवारी आवागमनमा समस्या (तस्बिरहरू) 

सिरहा- वर्षापछि सिरहा सदरमुकामका मुख्य सडकमा पानी जम्दा जनजीवन प्रभावित

मेक्सिकोमा पत्रकारको गोली हानी हत्या, यस वर्ष मारिनेको सङ्ख्या नौ पुग्यो

मेक्सिको सिटी– मेक्सिकोमा शुक्रबार एक पत्रकारको गोली हानी हत्या गरिएको