तालिवानले राष्ट्रसंघका कर्मचारीलाई दुर्व्यवहार गर्‍यो– राष्ट्रसंघ « Khabarhub

तालिवानले राष्ट्रसंघका कर्मचारीलाई दुर्व्यवहार गर्‍यो– राष्ट्रसंघ


२५ भाद्र २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– तालिवानले अफगानिस्तानस्थित राष्ट्रसंघका कर्मचारीमाथि बारम्बार दुर्व्यवहार गरेको राष्ट्रसंघले जनाएको छ ।

तालिवान शक्तिमा पुगेपछि आफ्ना कर्मचारीमाथि दुर्व्यवहार बढेको अफगानिस्तानका लागि राष्ट्रसंघका विशेष दूत डेबोराह लायन्सले गुनासो गरे ।
‘हाम्रा कर्मचारीमाथि अपमान र दुव्र्यबहारका घटनामा भइरहेको बृद्धिप्रति हामी चिन्तित छौं,’ सुरक्षा परिषदको वैठकलाई सम्बोधन गर्दै लायन्सले भने ।

यसअघि तालिवानले सत्ता कब्जा गर्नुअघि कर्मचारीलाई धम्की, गालीग्लौज र दुव्र्यबहार गरेको रोयर्टसले जनाएको थियो । ‘अफगान जनताका लागि आवश्यक काम राष्ट्रसंघले गर्न सक्दैन किनकी हाम्रा कर्मचारीमाथि तालिवान लडाकुले अनावश्यक त्रास र धम्की दिएका छन,’ लायन्सले भने ।

तालिवानले मानिसको अधिकारको सम्मान गर्ने पश्चिमा मुलुकलाई बताए पनि उनीहरुले बारम्बार दुव्र्यबहार गरेको विवरण सार्वजनिक हुने गरेका छन् । राष्ट्रसंघका कर्मचारीमाथिको दुर्व्यवहारबाट आफू आक्रोेशित भएको अमेरिकी कूटनीतिज्ञ जेफ्री डीलाउरेन्टिसले भने ।

प्रकाशित मिति : २५ भाद्र २०७८, शुक्रबार  ११ : ४० बजे

सिंहदरबारमा सर्वदलीय बैठक : कांग्रेस सभापति गगन थापा उपस्थित हुँदा एमालेले पठायो पद्‍मा अर्याल

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा

भोटेकोशी बाढी : विवरण सङ्कलन गर्न  समिति गठन

रसुवा– भोटेकोशी  बाढीबाट भएको धनजनको क्षतिको विवरण सङ्कलन गर्न जिल्लामा २५

एक्लेखेतमा बाढी पस्दा १३ घर प्रभावित

दमौली– अविरल वर्षाका कारण शुक्लागण्डकी नगरपालिका–२ एक्लेखेतमा ताकुडाँडाको खोल्सीको बाढीले

वाणिज्य बैंकहरूमा मुद्दतीतर्फको औसत ब्याजदरमा थप गिरावट

काठमाडौं– चालु आर्थिक वर्षको भदौ महिनाको तुलनामा वाणिज्य बैंकहरूमा असोज

एकैदिन तोलामा एक हजार ७०० रुपैयाँले बढ्यो सुनको मूल्य

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।  सुनको