अफताव आलमको मुद्दा ‘हेर्न नमिल्ने’ मा | Khabarhub Khabarhub

अफताव आलमको मुद्दा ‘हेर्न नमिल्ने’ मा


२५ भाद्र २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठडमाडौँ– व्यक्ति हत्या आरोपमा पुर्पक्षका लागि थुनामा रहेका पूर्वमन्त्री अफताव आलमले दर्ता गरेको निवेदनमाथिको सुनुवाइ ‘हेर्न नमिल्ने’ मा परेको छ ।

आफूलाई थुनामुक्त गरेर साधारण तारेखमा मुद्दा लड्न पाउँ भन्दै आलमले दर्ता गराएको निवेदनमाथि शुक्रबार सर्वोच्च अदालतमा सुनुवाइ गर्न न्यायाधीश दीपककुमार कार्की र हरि फुयाँलको संयुक्त इजलासमा पेशी तोकिएको थियो । तर, पछि अदालतले ‘हेर्न नमिल्ने’ मा राखेको हो ।

२०६४ मा संविधानसभा सदस्यको निर्वाचनअघि रौतहटको राजपुरमा भएको बम विस्फोट घटनामा आलमको प्रमुख भूमिका रहेको भन्दै दायर रिट जिल्ला अदालत रौतहटमा विचाराधीन छ । जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाएपछि आलम हाल ललितपुरस्थित नख्खु कारागारमा छन् ।

प्रकाशित मिति : २५ भाद्र २०७८, शुक्रबार  १२ : ३५ बजे

पोखरामा पनि सडकमा उत्रिए जेन-जी (तस्बिरहरू)

काठमाडौँ- देशमा बढिरहेको भ्रष्टाचार र अनियमिताविरुद्ध काठमाडौँसहित देशका विभिन्न स्थानमा

जापानिज इन्सेफ्लाइटिसबाट डेढ महिनामा तीनजनाको मृत्यु, नौ जनामा डेङ्गी पुष्टि

नवलपरासी– जापानीज इन्सेफ्लाइटिस सङ्क्रमणबाट बर्दघाट सुस्तापश्चिम नवलपरासीमा तीन जनाको मृत्यु

माइतीघरमा उर्लिए जेन-जी (तस्बिरहरू)

काठमाडौं– जेनजी पुस्ताले भ्रष्टाचार र नातावादविरुद्ध काठमाडौंको माइतीघरमा प्रदर्शन सुरु

चट्याङ लागेर महिलाको मृत्यु

सिरहा– सिरहामा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ ।

खानी खोला हाइड्रोपावरको हकप्रद सेयरमा आवेदन दिने समय थप

काठमाडौं– खानी खोला हाइड्रोपावर कम्पनी लिमिटेडले भदौ ३ गतेदेखि हकप्रद